१ मंसिर २०८१, शनिबार
,
Latest
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु जुनको उज्यालोमा मकै सुकाउने पर्व मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मातृभूमिको अस्तित्वमा कालो बादल मडारियो : पूर्वराजा ज्ञानेन्द्र



अ+ अ-

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिरहेकाे बताएका छन् ।

२९७औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश दिँदै उनले ‘भुलेर, अल्मलिएर र आफ्नै अस्तित्वबोधबाट विमुख हुँदा देश सकसपूर्ण र कपटपूर्ण अवस्थामा आएको’ उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले ‘पृथ्वीनारायण शाहका दिव्योपदेशअनुरुप व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात–प्रतिघातको कालो बादल मडारिरहेको’ बताएका छन् ।

उनले ‘एउटा नागरिकका निम्ति देशभन्दा ठूलो अर्को वाद र विचार हुन सक्दैन’ भन्दै नेपाली–नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्‍याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्नेजस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनुहुँदैन’ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा पूर्वराजा शाहले ‘नेपाल रहँदामात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात् गर्न’ आह्वान पनि गरेका छन् ।