६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राजतन्त्र फर्कने सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली

राजतन्त्र फर्कने सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली
अ+ अ-
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा २९७औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आयोजना गरिएको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक प्रवचन कार्यक्रममा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्दै । तस्वीरः चन्द्रकला क्षेत्री, रासस

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्नुभएको छ ।

दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनै पनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे पनि हुन्छ, पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर मुख मिठ्याउनेबीच कुनै साइनो छैन, वास्तवमा राजतन्त्र पुनःस्थापनाको सपना देख्ने प्रतिगामी मात्रै हुन् ।”

प्रधानमन्त्री ओलीले स्पष्ट नीतिका साथ सरकारले नयाँ बाटो समातेको र प्राप्त उपलब्धिलाई संस्थागत गरी जनतालाई परिवर्तनको अनुभूत गराइने उल्लेख गर्दै “यो पाँच वर्षे स्थायी सरकार हो, सङ्ख्याको बहुमत मात्र हैन, स्पष्ट ‘भिजन’सहित अगाडि बढेका छौँ, आँकडामा खेलेर परिवर्तन आउँदैन बरु उपलब्धिले आँकडालाई परिवर्तन गर्ने हो, मैले बजेट कार्यान्वयन मङ्सिरसम्मको पाँच महीने तथ्याङ्क प्रस्तुत गरेको हँु”, भन्नुभयो ।


प्रधानमन्त्री ओलीले पृथ्वीनारायणलाई राष्ट्र निर्माणको अगुवाइ गर्ने नायकका रुपमा आफूले बुझेको चर्चा गर्दै राष्ट्रिय एकतालाई अहिलेको आवश्यकताअनुरुप सबल र बाबजुद बनाइनुपर्नेमा जोड दिनुभयो ।

पृथ्वीनारायणले नेपाल राष्ट्रको एकीकरणको अगुवाइ नगरेको भए नेपाल अहिलेको अवस्थामा नआउने उहाँको भनाइ थियो ।

स्वाधीन राष्ट्र नेपाललाई विगतमा भड्काउन र विभाजन गर्न विभिन्न चलखेल भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियहित, न्यायोचित र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा छिमेकीसँगको सम्बन्धलाई सौहार्दपूर्ण बनाइने बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको उपदेश र विचारलाई स्वाधीन राष्ट्र निर्माणका लागि आजका दिनमा पनि उत्तीकै सान्दर्भिक भएको धारणा व्यक्त गर्नुभयो ।

“पृथ्वीनारायणका विचार राष्ट्रलाई एकता र समृद्ध बनाउने खालका छन् ‘दुई ढुङ्गाबीचको तरुल’ यहाँको कूटनीति आज पनि सान्दर्भिक छ, प्राज्ञिक वर्षले यसलाई अझ सान्दर्भिक बनाएर लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व साम्राज्यवादले घेरेको विषम परिस्थितिमा नेपाललाई एकीकरण गर्न पृथ्वीनारायणले गरेको योगदानलाई आजको पुस्ताले भुल्न नहुने विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानकै उपकुलपति डा जगमान गुरुङले पृथ्वीनारायणको राष्ट्र निर्माणको योगदानलाई आत्मसात् गर्दै अग्रगमनतर्फ लागेर प्राज्ञिक उन्नतिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले प्रज्ञा–भवन परिसरमा निर्माण गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा निर्मित प्रतिमा अनावरण गर्नुभएको थियो ।

त्यस्तै कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औँ जन्मजयन्तीका अवसरमा निर्मित प्रतिमाको पनि उहाँले अनावरण गर्नुभएको थियो । सँगैको सरस्वती मन्दिरमा प्रधानमन्त्रीले माल्यार्पण गर्नुका साथै परिसरमै प्रदर्शित एकीकरणसँग सम्बन्धित चित्रकलाको अवलोकनसमेत गर्नुभएको थियो ।

‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक प्रवचन तथा प्रतिमा अनावरण कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, नेपाल ललितकला प्रतिष्ठान र नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठान संयुक्तरुपमा आयोजना गरेको हो ।