६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सुत्नुभन्दा पहिले कालिञ्चोक भगवती माताको दर्शन गर्दै भोलि शुक्रबार, राशिअनुसार यस्तो छ तपाईको भाग्य र भविष्य

सुत्नुभन्दा पहिले कालिञ्चोक भगवती माताको दर्शन गर्दै भोलि शुक्रबार, राशिअनुसार यस्तो छ तपाईको भाग्य र भविष्य
अ+ अ-

वि.सं.२०७५ साल पौष २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ जनवरी ११ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि पञ्चमी,२३ घडी १६ पला,बेलुकी ०४ बजेर १६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र पूर्वाभाद्रपदा,५६ घडी ३८ । योग वरियान,५४ घडि ४१ पला । करण वालव,बेलुकी ०४ बजेर १६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि कुम्भ,बेलुकी ११ बजेर ०६ मिनेट उप्रान्त मिन । पञ्चक । राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्ती (पृथ्वीनारायण शाह स्मृति दिवस। काठमाडौंमा सूर्योदय ०६ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २६ मिनेट । दिनमान २६ घडी )

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरुको आषा नगर्नुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि उचित मुल्य पाईने छैन । अर्थ अभावले कामहरु प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्याक्तिहरुकको धन सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाई सँग सामान्य कुरामा मनमुटाब बढ्ने योग रहेकोछ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । माता पिताको धन तथा सम्पति प्रयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : व्यावसायकै सन्द्रर्भमा लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकिय व्यावसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागि भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमि ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : व्यावसायिक यात्रा हुने गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाईने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसि रहनेछ । पाहुँना लागेर कतै जादा आथित्यको सत्कार तथा सम्मान पाईनेछ । बिभिन्न सहयोग तथा उपाहार प्राप्तीको ग्रहयोग रहेको छ । आर्थिक रुपमा सुदृड हुँन सकिने हुनाले दैनिकी सहज रुपमा अगाडिक बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथि सँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानिको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानि गर्न सकिनेछ । काम गर्ने वाताबरण राम्रो बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशि बस्तु उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाईनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : भौतिक सम्पति तथा बिलाशि बस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारि तथा पशुपालन व्यावासाय फस्टाएर जानेछ । आमा तथा आफन्त सँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाति रहनेछन् । राजनिति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढिनै समय खर्चनु पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : धनस्थानमा गोचर गर्ने चन्द्रमाले नया प्रकृतिको व्यावसायमा लगानि गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्यावसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी बस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : व्यावसायबाट आम्दानि गर्न लगानि बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसि खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहेपनि लामो दुरिको यात्रा हुने विदेशी सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ ।

तपाईको दिन शुभ रहोस् । ज्योतिषि गणेश काफ्ले ।

यो भिडीयो पनि हेर्नुहोस् :