६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

यस्तो छ छाउपडी प्रथा, किन बस्छन् घर भन्दा बाहिर ?

यस्तो छ छाउपडी प्रथा, किन बस्छन् घर भन्दा बाहिर ?
अ+ अ-

काठमाडौं । १४ वर्ष भयो जौमा बिक छाउगोठ बस्न थालेको। बुढीनन्दा नगरपालिका–३ की उनी हरेक महिना रजस्वालाको अवधि गोठमै गुजार्थिन्। एक वर्षपहिले अगुवा महिलाले उनको छाउगोठ भत्काइदिए। अहिले उनी महिनावारी भएको बेला ओढारमा बस्ने गर्छिन्।

यो व्याथा जौमाको मात्र होइन। बाजुराका हरेक घरका महिलाको समस्या हो। छाउगोठ भत्काएपछि यो चलन अन्त्य हुने आशा थियो। तर, समस्या गोठमा होइन, मान्छेको दिमागमा थियो। परिवर्तनको प्रयासभन्दा अन्धविश्वासकै पकड बलियो देखियो। त्यसैले उनीहरू रजस्वालाको छोइछिटो बारिरहेका छन्। छाउ बार्ने क्रममै कतिको ज्यान गइसकेको छ। तर यो चलन हट्ने कुनै सुरसार छैन। बाजुरामा रजस्वाला उमेरका ९५ प्रतिशत छाउगोठमा बस्ने महिला अधिकार मञ्चकी जिल्ला अध्यक्ष रुक्मिणी शाहले बताइन्।

मंगलबार राति मात्र बुढीनन्दा–९ अंगाउपानीमा छाउगोठमै तीन जनाको मृत्यु भयो। अम्बा बोहोराको ठूलो छोरा सुरेश सँधै हजुरआमासँग सुत्ने गर्थे। सानो छोरा रमित चाहिँ आमासँग सुत्थे। मंगलबार चाहिँ दुवै छोरा खाना खाएपछि आमालाई खाना पुर्‍याउन छाउगोठ गए। अन्धविश्वास यति चर्को छ, ठूला मान्छे महिनावारी भएकालाई आफ्नै हातले खाना दिन पनि अप्ठेरो मान्छन्। आफूलाई खाना लिएर अएका दुई कलिला छोरालाई दुईतिर च्यापेर अम्बा सुतेकी थिइन्। आगो बालेर सुतेका तीनै जनाले निसास्सिएर ज्यान गुमाए। बुधबार उनीहरूको अन्त्येष्टि गरियो। जिल्लामा छाउप्रथा कति डरलाग्दो छ, यही घटनाले देखाउँछ।

छाउपडी अन्त्यको अभियान चलाएपनि छाउगोठ यथावत छन्। हरेक तीन–चार घरको एउटा गोठ हुन्छ। संयुक्त परिवारको छाउगोठ एउटा मात्र हुने भएकाले घरको तुलनामा गोठको संख्या कम देखिन्छ। तर, अभ्यासमा कमी आएको छैन।

जान्नेसुन्नेकै बास छाउगोठमा

बुढीनन्दा–३ सिराडी बस्ने १८ वर्षीया विमला बोहोरा १२ कक्षामा पढ्छिन्। उनी गाउँकी जान्नेसुन्ने युवतीमा पर्छिन्। पढेलेखेका अरु महिलासँग मिलेर छाउगोठमा बस्नु हुँदैन भन्दै अरुलाई शिक्षा दिने गर्छिन्। स्कुलमा पनि छाउगोठ कुरीति हो भनेर पढाइ हुन्छ। उनी आफैँ भने छाउगोठमा बस्न बाध्य छिन्। घरमा बस्दा देउता रिसाउने डरले छाउगोठमा बस्ने गरेको उनले सुनाइन्। विमलाले छाउगोठ बस्न लागेको तीन वर्ष भयो। उनको छाउगोठ खहरे खोलाको छेउमा छ। गोठलाई सिस्नोको घारीले घेरेको छ। हरेक महिना सात दिन उनी यही गोठमा एक्लै गुजार्छिन्।

त्यही गाउँकी सुनतकली बोहोरा सामाजिक अगुवा हुन्। गोठमा बस्नु हुँदैन भनेर अभियान चलाउँछिन् उनी। तर, सुनतकली पनि छाउगोठमै बस्छिन्। गाउँका सबै गोठमा बस्ने र घरमा बस्दा देउता रिसाउने अन्धविश्वास व्याप्त भएकाले गोठमा बस्ने गरेको उनले बताइन्।

यो त्यही गाउँ हो, जसलाई छाउपडी गोठमुक्त घोषणा गरिएको थियो। ‘एउटा गैरसरकारी संस्थाको पहलमा छाउपडी गोठमुक्त घोषणा गरियो,’ स्वयंसेविका बिस्नकला विक भन्छिन्, ‘कागजमा घोषणा भयो तर बास चाहिँ गोठमै छ।’ शिक्षित महिला, स्वास्थ्यकर्मी र अधिकारकर्मी नै छाउगोठमा बस्छन्। जो गोठमा बस्नु हुँदैन भन्छन्, उनीहरू नै रुढीग्रस्त रहेको स्वास्थ्यकर्मी धनी थापाको भनाइ छ। ‘हामी स्वास्थ्यकर्मीलाई त गोठमा बस्नु हुँदैन भन्ने थाहा छ, तर पनि गोठमै बस्छौँ,’ उनले थपिन्।

बाजुराको साबिकका ७ वटा गाविस बुढीगंगा, जयवागेश्वरी, बाह्रबिस, कुल्देवमाडौं, कैलाशमाडांै, आटिचौर, ब्रह्मतोला र अन्यका पनि केही वडालाई छाउगोठमुक्त घोषित गरिएको थियो। केहीले नयाँ गोठ बनाएका छन्। गोठ नबाउनेहरूको कष्ट अझ बढी छ।

सदरमुकाम मार्तडीनजिकै बडिमालिका नगरपालिका–८ रुतुडा गाउँका हरेक परिवारका महिला महिनावारी हुँदा छाउगोठ बस्ने गरेको वडाध्यक्ष प्रकाश रावलले बताए। ४० परिवार बसोबास गर्ने गाउँमा ३० वटा छाउगोठ छन्। त्यही वडाको रापक गाउँको अवस्था पनि उस्तै छ। सदरमुकामबाट एक घण्टामै पुग्न सकिने गाउँको अवस्था त यस्तो छ भने टाढाका गाउँमा छाउ बार्ने अभ्यास अझ व्यापक रहेको नागरिक समाजका शेरबहादुर शाहीले बताए।

बुढीनन्दा–१ मटेलमा पनि ८० परिवार बस्छन्। सबै परिवारका महिला महिनावारीको अवधि छाउगोठमै बिताउँछन्। वडाध्यक्ष नृप खत्री भन्छन्, ‘दुई –तीन परिवार मिलेर छाउगोठ बनाएका छन्। घरमा बस्न आग्रह गर्दा पनि मान्दैनन्।’ जगन्नाथ गाउँपालिकाकी उपाध्यक्ष ऐना गिरीका अनुसार उनको गाउँपालिकामा एकदुई जनाबाहेक सबै महिला गोठमा बस्छन्। बाजुराका नौ वटै स्थानीय तहलाई छाउप्रथाले उत्तिकै गाँजेको छ।

गोठ भत्काइयो, अब ओढारमा

गाँउलाई छाउपडी गोठमुक्त घोषणा गर्न धमाधम गोठ भत्काइयो। त्यतिले छाउको छोइछिटो किन हट्थ्यो रु धेरैजसोलाई अन्धविश्वासले जकडेको छ। घरमा बस्न डराउँछन्। गोठमा बस्न नचाहने केहीलाई पनि घरकाले बाध्य पार्छन्। त्यसैले जौमाजस्ता महिलाहरू कोही ओढारमा त कोही प्लास्टिक हालेर बस्ने गरेका छन्। ‘गोठमा बस्दा यति गाह्रो हुँदैनथ्यो। पालमा र ओडारमा बस्दा झन् समस्या बढी हुन्छ,’ बुढीनन्दा–३ की सुना बिकले भनिन्, ‘गोठमुक्त त बनाइयो तर हाम्रा समस्या कसैले बुझेनन्। सेवासुविधा रोक्ने, कारबाही गर्ने भनेपछि भत्कायौँ, अहिले झन् टाढा गएर बस्नुपरेको छ।’

‘महिनावारीमा किताब छुनु हुँदैन’

मार्तडीनजिकै बडिमालिका–८ स्थित श्री जनप्रकाश प्रावि रतुडाका शिक्षिकाहरू महिनावारी हुँदा स्कुल जाादैनन्। स्कुलनजिकै देउताको थान भएकोले आफूहरू नजाने गरेको शिक्षिका नीरा बिस्ट बताउँछिन्। तीन कक्षासम्म पढाइ हुने स्कुलमा तीन शिक्षक छन्। जसमध्ये नीरा र अनिता जैसी गरी दुई जना महिला हुन्। दुवै शिक्षिका महिनावारी भएको बेला चार दिन स्कुल नआउने स्कुलका हेडमास्टर प्रकाशबहादुर अयडी बताउँछन्। उनीहरू स्कुल नआउँदा आफू एक्लै पर्ने र पढाइमा बाधा हुने उनको भनाइ छ।

अन्य स्थानमा पनि महिनावारी भएको बेला छात्रा र शिक्षिकाहरू स्कुल आउँदैनन्। स्वामीकार्तिक खापरगाउँपालिका–४ जुकोटमा रहेको स्वार्मीकार्तिक माविमा पनि यही समस्या छ। गौमुल–४ को मानकोटस्थित कीर्तिचौर उच्च माविमा पनि छात्राहरू रजस्वालाका बेला नआउने शिक्षक पदम लुवारले बताए। स्कुलमा प्याडको व्यवस्था नरहेको र महिनावारीको बेला किताब छुनुहुन्न भन्ने अन्धविश्वासका कारण उनीहरू नआउने लुवारको भनाइ छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।