१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमहान्यायाधिवक्ताको पनि राजिनामा



अ+ अ-

वासिङ्टन डिसि ।  अमेरिकी उच्च अधिकारीहरुले राजिनामा दिने क्रममा उप महान्यायाधिवक्ताले पनि राजिनामा दिन लाग्नुभएको छ । 
निर्वाचनका बेला रुसको संलग्नताका बारेमा अनुसन्धान गर्ने जिम्मेवारीमा रहनुभएका उप महान्यायाधिवक्ता रोड रोसेन्स्टैनले राजिनामा दिन लाग्नुभएको हो । 
महान्यायाधिवक्तामा मनोनित विलियम बारले पनि राजिनामा दिने अपेक्षा गरिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । 
तर उहाँलाई राजिनामा दिन दवाव नपरेकाले उहाँले राजिनामा नदिनु भएको पनि समाचारमा उल्लेख छ । 
उपमहान्यायधिवक्ता रोसेन्स्टेनले भने राजिनामा दिने आफ्नो निर्णयका बारेमा ह्वाईट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराईसकेको बताउनुभएको छ । 
ट्रम्पले यसअघिका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पनि बर्खास्त गर्नु भएको थियो । सेसन्सले राष्ट्रपतिसमक्ष दिएको राजीनामामा महान्यायाधिवक्ताको पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पार्नु भएको थियो । उहाँले राष्ट्रपतिको आग्रहमा आफूले राजीनामा दिन लागेको उल्लेख गर्नु भएको थियो । 
विगत केही महिनाको अवधिमा दर्जन भन्दा बढी उच्च पदस्थ सरकारी अधिकारीहरूले राष्ट्रपति ट्रम्पसँगको सहकार्य तोडिसकेका छन् । 
कतिपयलाई राष्ट्रपति ट्रम्पले निस्कासन गर्नु भएको हो भने कतिपयले काम गर्न नचाहेको भन्दै पद त्याग गरेका छन् । 
गृह मन्त्री रयन जिङ्क, राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निक्की हेली, रक्षा मन्त्री जेम्स माटिस, विदेश मन्त्रालयका मुख्य कर्मचारी रेयर एड्माइरल केभीन स्विनीलगायतले गत केही महिनामा राजिनामा दिनु भएको छ । 
—