१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन पिपासु रोनाल्डोविरुद्ध वारेन्ट जारी



अ+ अ-

काठमाडौं । पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लस भेगास प्रहरीले डीएनए नमूना मागेको छ । उनलाई भेगास प्रहरीले डीएनएका लागि वारेन्ट जारी गरेको संचार माध्यमहरुले जनाएको छ ।

एक अमेरिकी महिलाको बलात्कार आरोपबारे छानबिन गरिरहेको प्रहरीले थप अनुसन्धानको लागि डीएनएको नमूना माग गरेको हो । ३३ वर्षका रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका बीबीसीमा उल्लेख छ ।

अमेरिकी एक पूर्वमोडल क्याथरिन मायोर्गाले सन् २००९ मा आफूमाथि बलात्कार भएको भन्दै रोनाल्डोमाथि उजुरी दिएकी थिइन् । तर रोनाल्डोले भने सबै आरोप झूटो भन्दै खण्डन गर्दै आइरहेका छन् ।