• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

भारतबाट गोलभेँडा आयात गरे सिंहदरबारअघि ‘आत्महत्या’ गर्ने चेतावनी



काठमाडौं । नवपरासीका किसानले भारतबाट आयत भएका तीनवटा ट्रकका गोलभेँडा नियन्त्रणमा लिएका छन् ।

स्वदेशी गोलभेँडाले नै मूल्य नपाएको बेला भारतबाट आयात गरिएको भन्दै आक्रोशित किसानहरुले बिहीबार राति भारति ट्रक सहित गोलभेँडा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको थुम्की नियन्त्रणमा लिएर नष्ट गरेका हुन् ।

किसाननहरुले भारतीय ३२ एटी १७२१ नम्बरको ट्रकमा ता्डफोड गर्दा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

सरकारले स्वदेशी उत्पादनलाई बेवास्ता गरेर भारतबाट आयात गरेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । अझै पनि टमाटर भारतबाट ल्याइए नियन्त्रमा लिएर नष्ट गरिदिने किसान चौतारी नेपालका अध्यक्ष कृष्ण न्यौपानेले बताए ।

न्यौपानेले सरकारले आफूहरुको माग पुर नगरे सिंहदरबारअघि ‘अत्महत्या’ गर्ने चेतावनी समेत दिएका छन् ।