• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार

गोपाल खड्काको बयान: ‘विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको छु



काठमाडौँ । भ्रष्टाचारको मुद्दाको आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको बताएका छन् ।

अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा अगाडि नै अख्तियार दुरुपयोग अनुसनधान आयोगले पुष २३ गते लिएको एक बयानमा खड्काले धमला देखी विप्लवसम्मका व्यक्तिहरुलाई १ करोडभन्दा बढी चन्दा दिएको खुलाएका थिए ।

खड्काले अख्तियारलाई दिएको बयानमा आफूले जोडेको सम्पत्ति, लुकाएको सम्पत्ति र आयआर्जनको सम्पूर्ण सम्पति बाहेक अमिता लामाको नाममा सम्पत्ति जोडेको पनि स्वीकार गरेका छन् ।

अनुसन्धानको क्रममा खड्काले अमिता लामा सोदेम्बाको नाममा जम्मा रु. ७,५४,५७,८७५।- बराबरको देहाय बमोजिमको सम्पत्ति लुकाई राखेको देखिएको छ ।

१. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु. ३,२५,००,०००।- मा खरिद गरेको घर नं. ३२ ।
२. जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ३ ख स्थित कित्ता नं.६८९, १४८२ र १५२० को मूल्य रु. ४०,११,८७५।- मा खरिद गरेको ८ आना जग्गा ।
३. मूल्य रु. ८४,४६,०००।- मा खरिद गरेको बा.१६च.८४८४ नं. को टक्सन गाडी । 
४. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु. ३,०५,००,०००।-
५. अमिता लामाको नाममा रहेको NMB बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको थियो।

खड्काको बयानअनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका अम्बिका चन्दलाई १८ लाख ९९ हजार, हेमन्तप्रकाश ओली, प्रकाशराज देवकोटालाई ८ लाख ५० हजार, सुदर्शनलाई ९ लाख ९९ हजार, र दीपेन्द्र खड्कालाई ९ लाख चन्दा दिएका छन् । उनिहरुलाई सानिमा बैंकमा रहेको खाता नम्बर ००१०००९६३०५१२ बाट रकम भुक्तानी गरेको खुलाएका छन् ।

ऋषि धमलालाई पनि चन्दा

खड्काले अख्तियारमा दिएको बयानमा आफूले ऋषि धमलालाई पनि चन्दा दिएको बताएका छन् । विभिन्न कार्यक्रम र प्रचारप्रसारका लागि आफूले धमलाई नविल बैंकको १७१००१७५०४८६२ नम्बरको खाताबाट चन्दा दिएका बताएका छन् ।

हाल खड्काको काठमाडौं विष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ७ ‘ग’ मा रोडशो रियलस्टेट प्रा.लि.ले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू. ८९,८९,०००।- भुक्तानी दिएकोरोडशो रियलस्टेट प्रा.लि. ले पत्रसहित उक्त रकम बराबरको Good For Payment चेक, उक्त चेकको रकम रू. ८९,८९,०००।- जफत समेत गरिएको छ ।