६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अफ्रिकी युनियनको चुनावी प्रचार शुरु, एएनसीका लागि फलामको च्यूरा

अफ्रिकी युनियनको चुनावी प्रचार शुरु, एएनसीका लागि फलामको च्यूरा
अ+ अ-

डर्बान । दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकी नेसनल कङ्ग्रेस (एएनसी)ले चुनावी अभियान शनिबारदेखि शुरु गर्ने भएको छ । दक्षिण अफ्रिकामा आगामी मे महिनामा चुनाव हुँदैछ । पार्टीभित्रको आन्तरिक विभाजन, सुस्त अर्थतन्त्र तथा घट्दो जनमतबीच एएनसीले चुनावी अभियान शुरु गर्न लागेको छ ।

रङ्गभेद नीतिको अन्त्य भएपछि २५ वर्षदेखि एएनसीले दक्षिण अफ्रिकामा एकछत्र शासन गरिरहेको छ । पूर्व राष्ट्रपति ज्याकोब जुमाको राष्ट्रपतीय शासनकालमा भ्रष्टाचार बढेका कारण आमजनतामा एएनसीको लोकप्रियतामा ठूलो ह्रास आएको छ । सत्तामा नौ वर्ष रहेका ज्याकोब जुमालाई गत वर्षको फेब्रुअरीमा एएनसीले पदबाट हटाएको थियो ।

नेल्सन मन्डेलाले नेतृत्व गरिसकेको एएनसीले सन् २०१६ को स्थानीय चुनावमा बहुमत ल्याउन निकै सङ्घर्ष गर्नु परेको थियो । पार्टीले कूल खसेको मतको करिब ५४ प्रतिशत मात्र मत प्राप्त गरेको थियो । मुलुकका दुई ठूला सहरहरु जोहानेसबर्ग र प्रिटोरियामा पार्टीले हार व्यहोर्नु परेको थियो ।

तर पछिल्लो पटक इपसोसले गरेको एक सर्वेक्षणमा मे महिनामा हुने राष्ट्रिय र प्रान्तीय चुनावमा ६१ प्रतिशतसम्म मत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।

बजार सुधारवादी नेता सिरिल रामाफोसा अफ्रिकाको राष्ट्रपति भएपछि एएनसीको छवीमा केही सुधार आएको बताइन्छ । ज्याकोब जुमालाई पार्टीबाट हटाएलगत्तै रामाफोसा अफ्रिकाको राष्ट्रपतिमा चुनिनु भएको थियो ।

“रामाफोसा नभएको भए एएनसीले चुनावमा ठूलो पराजय व्यहोर्ने निश्चित थियो,” राजनीतिशास्त्री झोलानी दुबेले बताउनुभयो । “एएनसीले सबै किसिमका चुनावहरु हार्ने अवस्थामा थियो तर रामाफोसा उद्धारकका रुपमा देखिनुभएको छ ।”

अरु कतिपय विश्लेषकहरु बढी नै सतर्क देखिन्छन् । उनीहरुको भनाईमा रामाफोसा राष्ट्रपति नभए पनि पार्टीले चुनाव जित्ने सम्भावना थियो, तर पार्टीलाई झिनो बहुमत मात्र प्राप्त हुन्थ्यो ।

शनिबार, पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजना हुने समारोहमा डर्बानको रङ्गशालामा ८५ हजारभन्दा बढी पार्टी समर्थक एवं शुभेच्छुक भेला हुने अपेक्षा गरिएको छ । पार्टीका वरिष्ट सदस्यहरु यसै साता क्वाजुलु नाटाल प्रान्तमा चुनावी सभामा सहभागी हुँदैछन् ।

ठूलो जनसंख्या रहेको क्वाजुलु नाटाल प्रान्तबाटै चुनावी घोषणापत्र सार्वजनिक गर्नुको विशेष महत्व रहेको छ । गत वर्षको शक्ति सङ्घर्षपछि एएनसीभित्र एकता रहेको देखाउन पनि नाटाल प्रान्तलाई रोजिएको बताइन्छ ।

रामाफोसाले पार्टीभित्र सम्बन्ध सुधार गर्ने सार्वजनिक रुपमै घोषणा गर्नुभएको छ । पूर्व राष्ट्रपति जुमाप्रति सकारात्मक टिप्पणी गरेर रामाफोसाले पार्टीका सबैको सदभाव बटुल्ने प्रयत्न गर्नुभएको छ ।

“रामाफोसाले ज्याकोब जुमाको प्रतिछायाँलाई सम्बोधन गर्नु आवश्यक छ जुन एएनसीको पार्टी संरचनाभित्र घुमिरहेको छ,” दुबेले भन्नुभयो ।

रामाफोसाले यसै साता भन्नुभयो, “हाम्रो इतिहासमा अर्को महत्वपूर्ण क्षणको सङ्घारमा हामी आइपुगेका छौं, हामीले विगतको अभियानलाई पुनस्र्थापित गर्नु परेको छ ।”

रामाफोसाको एउटा महत्वपूर्ण प्रतिज्ञा नै संविधान शंसोधन पनि हो जसमा अल्पसंख्यक गोरा जातिको स्वामित्वमा रहेको जमिन बिना क्षतिपूर्ति गरिब काला जातिलाई उपलब्ध गराउनु रहेको छ । भूमिहीन काला मतदातालाई यो योजनाले आकर्षित गर्नेछ भने धेरै विदेशी लगानीकर्ताहरु यस योजनाबाट त्रसित हुन थालेका छन् ।
पार्टीले ६० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएमा पार्टीको प्रभाव अझ बढ्नेछ ।

अफ्रिकाको आर्थिक वृद्धि गत वर्ष शून्य दशमलब ७ प्रतिशत मात्र रहेको थियो । बेरोजगारी दर २७ प्रतिशतभन्दा बढी पुगेकाले आमजनतामा पार्टीप्रति असन्तुष्टी चुलिएको छ ।