![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/Gadi_News_Report.jpg)
बुटवल । प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडीमा अनियमितता भएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।
अनियमितता भएको समाचार बाहिर आएपछि समितिले उक्त बिषयमा आजै बैठक जनाएको छ ।
‘इ टेण्डरमा दुई कम्पनीले भाग लिएर गाडि खरिद गरेपनि समान गाडिमा २ करोड बराबरको फरक देखिएको थियो । सचिबालयले करिब ९ करोड रुपैयाँमा १३ वटा टाटा स्ट्रोम गाडी खरिद गरेको थियो । खरिद गरेको गाडी प्रदेश सभाका उपसभामुख, सात समितिका सभापति र प्रमुख प्रतिपक्षी दलका नेताले चढ्दै आएका छन् ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले प्रदेश सभाले भन्दा १ लाख ४ हजार बढी मुल्यमा सोही गाडी खरिद गरेका थियो । सो गाडीमा मन्त्री लिला गिरी, सुदर्शन बराल र आरती पौडेल चढ्दै आएका छन् ।
मन्त्रालयले ७२ लाख ९९ हजारमा खरिद गरेको थियो भने प्रदेश सभाले ७१ लाख ९५ हजारमा किनेको हो । कम्पनीबाटै एउटै भएपनि समान गाडिको मुल्यमा धेरै फरक पर्न गएको प्रति सांसदहरुले चासो राखेका थिए ।
यो पनि पढ्नुस