५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखनको समस्या



अ+ अ-

खजुरा । बाँके जिल्लाबाट मानव बेचबिखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिइ ९१८ जनालाई पारिवारिक मिलन गराइएको छ ।

पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गरेर महिला, युवती र बालबालिकालाई प्रलोभनमा पारी रोजगारीका नाममा मानव तस्करी हुने गरेको र सामाजिक सञ्जाल तथा इमोको प्रयोगबाट यस्ता कार्य भइरहेको पाइएको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय तहको आगामी दिनको कार्य योजना तथा व्यवस्थापनमा सुधार ल्याइने नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले बताएका छन् ।

मानव बेचबिखन गम्भीर फौजदारी अपराध हो । मानिसलाई किन्ने वा बेच्नेलाई नेपालको कानूनले २० वर्षसम्म कैद र रु दुई लाखसम्म जरिवानाको व्यवस्था गरेको छ । मानिसलाई किन्ने वा बेच्ने उद्देश्य राखी अन्यत्र लैजाने र कारोवार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने कानून व्यवसायी अधिवक्ता वसन्त गौतमले बताए ।

मानव बेचबिखनमा प्रायः महिला तथा बालबालिका नै पर्ने गर्दछन् । उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाले पनि महिला र बालबालिकाकै विषयमा काम गर्ने हुनाले मानव बेचबिखन नियन्त्रणमा यो शाखाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । उक्त शाखाले मानव बेचबिखन नियन्त्रणका लागि योजना बनाइरहेको उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले बताए ।

नेपालमा मानव बेचबिखनको सवाल जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । राष्ट्र र महिला दिदीबहिनीको इज्जत र अस्मितासँग जोडिएको यो सवाल राजनीतिको प्रमुख मुद्दा बन्न नसकेको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए । मानव बेचबिखनको प्रभावकारी व्यवस्था नहुँदा वर्षेनी सयौँ नेपालीले समस्या झेल्दै आएका छन् ।