• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

टेनिस स्टार एन्डी मुर्रेले आँसु झार्दै गरे सन्यासको घोषणा



पूर्व विश्व नम्बर एक टेनिस स्टार एन्डी मुर्रेले खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।

बेलायती यी स्टार हिपको इन्जुरीका कारण पछिल्लो २० महिना कोर्ट बाहिर थिए । तीन पटकका ग्रान्ड्सलाम विजेता मुर्रे सन् २०१६ को अन्तिमसम्म नम्बर एक बरियतामा थिए । मुर्रेले सन् २०१२ र २०१६ को ओलम्पिकमा लगातार दुई पटक स्वर्ण जिते ।

मुर्रे अहिले दुई सय ३० औं बरियतामा छन् । बरियता घटेर मुर्रेलाई पीर छैन । इन्जुरीकै समस्याले उनले सन्यास लिने सोच बनाएका हुन् । एक बर्षअघि हिपको शल्यक्रिया गरेका मुर्रे एक बर्षपछि कोर्टमा फर्किएका छन् । तर, उनलाई कोर्टमा जमेर खेल्न सक्ने विश्वास लागेको छैन ।

त्यसैले उनले विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । सोमबार देखि सुरु हुने अष्ट्रेलिया ओपन टेनिस खेल्न मेलबर्न पुगेका ३१ वर्षीय मुर्रेले सुक्रबार पत्रकार सम्मेलन गर्दै इन्जुरीको कारण आफुले सन्यासको सोच बनाएको बताए ।

पत्रकार सम्मेलनमा निकै भाुवक देखिएका मुर्रेले अष्ट्रेलियन ओपन आफ्नो लागि अन्तिम खेल हुने संकेत पनि गरे । ‘म आफै विश्वस्त छैन । चार पाँच महिना खेल्न सक्छु भनेर । मलाई अझै दुःखी रहेको छ । दुःखाई बीच खेलेपनि म आफ्नो लेभल पूरा गर्न सक्दिन’ मुर्रेले आँसु झार्दै भने । मुर्रेले अष्ट्रेलियन ओपनमा २२ औं बरियताका स्पेनिस खेलाडी रोवर्टो बाउटिस्टासँग खेल्नेछन् ।