१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चालाई म्याद गुज्रेको पोलियो खोप



अ+ अ-

साङघाइ । चीनको पूर्वी क्षेत्रमा कम्तीमा एकसय ४५ जना बालबालिकालाई म्याद गुज्रेको पोलियो खोप दिइएको पत्ता लागेको छ । चीन सरकारले आधारभूत स्वास्थ्य सेवामा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपनि नयाँ तथ्य बाहिर आएको छ । 

जियाङ्सु काउन्टी सरकारका अनुसार, यसै साता उक्त घटना सार्वजनिक भएलगत्तै जियाङ्सु प्रान्तका तीनजना स्वास्थ्य अधिकारीहरुलाई पदबाट हटाइएको छ । 

एक जना अभिभावकले यसै साताको शुरुमा स्थानीय स्वास्थ्य संस्थामा बच्चालाई पोलियो खोप खुवाउन लैजाँदा खोपको म्याद गुज्रेको थाहा पाएका थिए । उक्त खोपको म्याद डिसेम्बर ११ लेखिएको चिनीया टेलिभिजन सीसीटीभीले जनाएको छ । 

स्थानीय सरकारले डिसेम्बर ११ देखि जनवरी ७ का बीचमा एकसय ४५ जना बालबालिकालाई म्याद गुज्रेको खोप लगाएको पाइएको जनाएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुले म्याद गुज्रेको खोपको प्रभावकारिता कम हुने तर स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने दाबी गरेका छन् । 

विश्व स्वास्थ्य संगठनको वेबसाइटमा यस्तो खोप लगाउँदा बालबालिका बिरामी नहुने भन्दै त्यस्तो अवस्थामा पूर्ण खोप लगाएको मान्न नसकिने उल्लेख छ । 

गत वर्ष चीन सरकारले रेबिज भ्याक्सिनमा समस्या देखिएपछि खोप उद्योगहरुमा व्यापक सुधार गर्ने योजना अघि सारेको थियो । 

चीन सरकारले दुई महिनादेखि चार वर्ष उमेरका बालबालिकालाई निःशुल्क पोलियो खोप उपलब्ध गराइरहेको छ । यस्तो खोप स्वास्थ्य अधिकारीको निगरानीमा खुवाइन्छ ।