• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

बहालवाला डिएसपी हुँ भन्दै ठगी गर्ने एक पक्राउ



काठमाडौँ । आफुलाई नेपाल प्रहरीको बहालवाला डिएसपी हुँ भन्दै ठगी गर्ने एक युवकलाई प्रकाउ गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार पुतली सडकबाट भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले प्रहरी प्रधान कार्यालय नक्सालस्थित चालचलन शाखाका प्रमुख डिएसपी भीमकिरण ढकाल हुँ भन्दै पुतली सडकस्थित तिरुपती होटलमा बसेर ठगी गरेका थिए ।

उनले आफु महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा कार्यरत रहेको भन्दै विभिन्न युवतीलाई शारिरक शोषण र सित्तैमा होलटमा बसेका थिए ।

प्रहरीका अनुसार उनको श्रीमतीसँगको सम्वन्ध राम्रो नभएका कारण उनि घर जग्गाको करोबार गर्ने दिउँसो भक्तपुरस्थित घरमा जाने र राती होटलमा आएर बस्ने गर्थे ।