६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पर्यटन प्रवद्र्धनमा लगानी आवश्यक : नेता नेपाल

पर्यटन प्रवद्र्धनमा लगानी आवश्यक : नेता नेपाल
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेका पर्यटन प्रवद्र्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ ।

गन्तब्य नेपाल न्यूज डटकमको सातौँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले बिनालगानी र मेहनत पर्यटन प्रवद्र्धन नहुने हुँदा यसका लागि सरोकार भएका निकायको सक्रिय भूमिका चाहिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले अथाह सम्भावना भएर पनि नेपालको पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधार र सम्पदा प्रवद्र्धनमा सरकार र निजी साझेदारितालाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालीको जस्तो आतिथ्यता संसारमा कहीँ पाइन्न, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं भौगोलिक विविधतायुक्त मुलुकले सबैभन्दा लाभ लिने क्षेत्र भनेकै पर्यटन हो, यसका लागि राज्य र समाज सहकार्यका साथ अघि बढ्नुपर्छ ।”

सन् २०१८ मा करीब १२ लाख विदेशी पर्यटक नेपाल भित्रिएको सन्दर्भमा नेता नेपालले मुलुकको प्रचुर पर्यटकीय सम्भावनाकाबीच यो सङ्ख्या अत्यन्तै न्यून हो भन्दै २० लाख हैन ३० देखि ५० लाखको हाराहारीमा पर्यटक स्वागत गर्नेगरी प्रवद्र्धनात्मक गतिविधि अगाडि बढाइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निमार्णलाई तीव्रता दिइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चुस्त व्यवस्थापन तथा काठमाडौँ उपत्यकालाई सुन्दर र सफा नगरीका रुपमा विकास गर्नसके अधिक सङ्ख्यामा पर्यटक आकर्षण गर्न सकिने उहाँले बताउनुभयो ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन क्षेत्रलाई व्यावसायिक ढङ्गले प्रवद्र्धनात्मक गतिविधिका साथै सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाई पर्यटन प्रवद्र्धनको अभियानलाई प्रभावकारीरुपमा अघि बढाइनुपर्ने बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सरकारले लिएको ‘आर्थिक समृद्धि र सुखी नेपालीको’ नारालाई सार्थक बनाउने दरिलो आधार नै पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि सबै क्षेत्रको सहकार्य जरुरी भएको धारणा व्यक्त गर्नुभयो ।