६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अवैध अाेसारपसारले राजश्व प्रभावित

अवैध अाेसारपसारले राजश्व प्रभावित
अ+ अ-

भद्रपुर – झापा जिल्ला भित्रका भारतीय सीमा क्षेत्रका नाका चोरी तस्करीका लागि सहज बन्दै जाँदा सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार बढ्दै गएपछि राजश्व प्रभावित हुन थालेको छ ।
भारतीय बजारबाट नेपाल भित्रने व्यापारिक सामग्रीहरू भन्सारको बैध बाटो भन्दा अबैध बाटोबाट भित्रन सहज बन्दै जाँदा झापाका विभिन्न नाकाहरू तस्कर मैत्री बन्दै गएपछि राजश्व संकलनमा कमी हुन थालेको हो । कार्तिक महिनायता भद्रपुर स्थित भन्सार कार्यालयले एक करोढ ५० लाखको लक्ष्य पूरा गर्न सकेको छैन ।

यही आर्थिक वर्षबाट मूल भन्सारको मान्यता पाएको भद्रपुर भन्सारले छोटी भन्सार हुँदा २ करोड ४० लाखसम्म राजश्व अशुल्ने गरेको थियो । अहिले यस भन्सारले एक करोड ४० लाख पनि कटाउन सकेको छैन ।

अवैध ओसारपसार बढ्दै गएपछि राजश्व प्रभावित हुन थालेको स्थानीयको भनाइ छ ।
चोरी तस्करी नियन्त्रणका लागि परिचालित पुलिस प्रशासन तस्करको सेटिङमा अलमलिँदा छोटी भन्सार नाकाहरू राजश्व छल्ने प्रमुख केन्द्र बन्न थालेका छन् ।

मेची भन्सारको कार्य क्षेत्र भित्र पर्ने इलामको पशुपति नगर, झापाका नकलबन्दा, सतीघट्टा लगायतबाट वारपार व्यापार फष्टाइ रहेका छन् भने भद्रपुर भनसार अनर्तगतका केचना, घेरावारी, पिण्डालवारी, टागनडुब्बा, गौरीगञ्ज नाका राजश्व छलीका लागि सहज बन्ने गरेका छन् । यही आर्थिक वर्षबाट स्तर उन्नति भएको भद्रपुर भन्सार पनि ठूला व्यापारिका लागि राजश्व घटाउन सहयोगी बन्ने गरेको स्थानीय व्यापारी बताउने गर्छन् ।

पूर्वाधार पूरा नगरी मूल भन्सार बनाइएको भद्रपुर भन्सारमा विभिन्न बाहना बनाएर कर्मचारीले ठूला व्यापारी मैत्री काम गर्ने गरेका छन् भने पोके व्यापारीका लागि गेट बाहिर बसेका प्रहरी बाटो खोलने आधार भइरहेको स्थानीयको भनाइ छ ।

झापाका विभिन्न नाकाहरूबाट कपडा, सवारी साधनका पार्टपूर्जा, इलेक्ट्रोनिक्सका सामान, मेसिनरी पार्टपुर्जा, रसायनिक विषदी, सुर्ति जन्य पदार्थ बढी मात्रामा तस्करीका माध्यमबाट भित्रने गरेका छन् ।

व्यापारका सम्बन्धित व्यक्तिहरूका अनुसार प्रहरी प्रशासन कै मिलिभगतमा राजश्व छल्ने काम हुने गरेको छ । नयाँ हाकिमहरूमा नयाँपन हुँदासम्म चोरी तस्करीमा कडाइ जस्तो हुन्छ तर पुरानोपन प्रवेशपछि सहज वातावरण बन्ने व्यापारीहरूको स्पष्ट भनाइ छ ।

सादा पोशाकमा छोडिएका घुमुवा प्रहरी तस्करको सेटिङ मिलाउने काममा व्यस्त हुँदा भन्सार तिर्नेभन्दा छल्ने व्यापारीको संख्या बृद्धि भएको स्थानीय बताउँछन् । पछिल्ला दुइ महिनायता भद्रपुर भन्सारले पाएको लक्ष्य पूरा गर्न सकेको देखिँदैन ।

भन्सार कर्मचारी भन्सारमा सामान नआएर लक्ष्य पूरा नभएको दाबी गर्छन् तर स्थानीय व्यापारी प्रहरी र भन्सार कर्मचारी कै मिलिभगतमा भन्सार घटी काटिने प्रबृत्तिले राजश्व स.कलन प्रभावित भइरहेको हो ।

विगत वर्षहरुमा मेची अञ्चल भन्दा कोशी र सगरमाथा क्षेत्रका भारतीय सीमा नाका तस्करका सहज नाका बन्ने गरेका थिए । पछिल्लो पटक प्रदेश सरकार विराटनगरमा बसेपछि कोशी नाकाबाट हुने तस्करी मेची सरेको वारपार व्यापारीको स्वीकारोक्ती छ ।

नेपाली बजारमा खपत हुने कपडाको झण्डै आधा हिस्सा मेची नाका हुँदै भारतीय बजारबाट नेपाल प्रवेश गर्ने अनुमान गरिए पनि भन्सार महशुलले त्यस्तो देखाउँदैन ।