• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ

यस्ता पनि मुख्यमन्त्री ! छोरी पिए, भाइ कार्यालय सहयोगी



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीको सचिवालय हेर्दा अचम्म लाग्दो छ । आफ्नै छोरीलाई पिए राखेका छन् भने कार्यालय सहयोगीमा आफ्नै भाइलाई राखेका छन् । उनले प्रतिमहिना ६० हजार ९ सय ७० रुपैयाँ पारिश्रमिक र अन्य सुविधासहित राजपत्रांकित द्वितीय स्तरको १ जना र शाखा अधिकृतस्तरको १ गरी २ जना स्वकीय सचिव राख्न पाउँछन् । मुख्यसचिवको यो सुविधामा सरकारी कर्मचारी राख्नुपर्ने नियम छ । प्रदेशसभाले पारित गरेको ऐनमा मुख्यमन्त्रीले २ जना कार्यालय सहयोगी सरकारी खर्चबाट बेहोर्ने गरी राख्न पाउँछन् । यही सुविधा लिएर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले छोरीलाई स्वकीय सचिव र भाइलाई कार्यालय सहयोगीमा नियुक्त गरेका छन् । तर सरकारी नियमअनुसारको पिए र पियनमा सरकारी कर्मचारी राखेका छैनन् ।
मुख्यमन्त्री गुरुङले शाखा अधिकृतस्तरको सुविधा खानेगरी आफ्नै छोरी एलिना गुरुङलाई राखेका छन् । छोरी एलिना गुरुङले मुख्यमन्त्रीकी स्वकीय सचिवका रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कात्तिकसम्मको पारिश्रमिक बुझेकी छन् । शाखा अधिकृतस्तरको स्वकीय सचिवको पारिश्रमिक ३० हजार ५ सय रुपैयाँ छ ।
मुख्यमन्त्रीको २ जना कार्यालय सहयोगीमध्ये एकजना उनकै भाइनाताका छन् । उनका भाइ भीमबहादुर गुरुङले मासिक पारिश्रमिकका रुपमा १६ हजार २ सय रुपैयाँ बुझ्दै आएका छन् । उनले निवासमा मुख्यमन्त्री निवासमा काम गर्छन् ।
यसैबीच गण्डकी प्रदेश सरकारका मन्त्री र उनीहरुका स्वकीय सचिवले दैनिक भ्रमणभत्ता बापत ८ लाख ६६ हजार रुपैयाँ बुझेका छन्। साउनयता मुख्यमन्त्रीसहित ६ मन्त्री र उनका स्वकीय सचिवले दैनिक भ्रमण भत्ताबापत यो रकम बुझेका छन् । मुख्यमन्त्री गुरुङले साउनयता २ लाख ९ हजार २५ रुपैयाँ आन्तरिक भ्रमण भत्ता बुझेका छन् । मुख्यमन्त्रीले स्वदेश भ्रमणमा दैनिक ३ हजार रुपैयाँ र विदेश भ्रमण गर्दा दैनिक २ सय ५० डलर र मन्त्रीले नेपालभित्र भ्रमण गर्दा २ हजार ५ सय र विदेशमा भ्रमण गर्दा १ सय ७५ अमेरिकी डलर दैनिक भत्ता पाउने कानुनी व्यवस्था छ। मुख्यमन्त्री र मन्त्रीले अहिलेसम्म विदेश भ्रमण भत्ता भने लिएका छैनन् ।




भर्खरै