६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विमानस्थल सुदृढीकरण र पूर्वाधार विकासमा प्राधिकरण

विमानस्थल सुदृढीकरण र पूर्वाधार विकासमा प्राधिकरण
अ+ अ-


काठमाडौँः मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ ।

भौगोलिक अवस्थितिअनुरुप क्यानले विमानस्थल निर्माण, स्तरोन्नति तथा सेवा सुदृढीकरणमा विशेष प्राथमिकता दिएको जनाएको हो ।

हवाई सेवालाई सुलभ, सहज र प्रभावकारी बनाई जनतालाई सेवा दिने उद्देश्यका साथ विमानस्थल विस्तार र पूर्वाधार निर्माणलाई तीव्रताका साथ अघि बढाइएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताउनुभयो ।

प्राधिकरणको तथ्याङ्कअनुसार हाल मुलुकमा ५० विमानस्थल रहेका छन् जसमध्ये ३२ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ । त्यस्तै, निर्माणाधीन पाँच विमानस्थल कालीकोटको कोटवाडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकीलुम्बा र अर्घाखाँचीको अर्धाभगवती सन्धिखर्कमा रहेको प्राधिकरणको २० औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

एकतीस विमानस्थल कालोपत्रे

हाल मुलुकभरका ३१ विमानस्थल कालोपत्रे भइसकेका छन् । गत आवमा नेपालगञ्ज विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोन ओभरले कार्य र थप दुई वटा आन्तरिक विमानस्थल साँफेबगर र राजविराज विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे एप्रोन कालोपत्रे कार्य सम्पन्न भएको छ । त्यसैगरी, हालै मात्र जनकपुर विमानस्थलमा धावनमार्ग ओभरले कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

आन्तरिक थप पाँच विमानस्थलःलामीडाँडा, थामखर्क, डोटी दीपायल, बैतडी र कालीकोटमा कालोपत्रे भइरहेका छन् । क्यानका अनुसार जुम्ला विमानस्थलमा ओभरले, चन्द्रगढी, विराटनगर, नेपालगञ्ज, सिमिकोट विमानस्थलमा एप्रोन विस्तार, लुक्ला र सिमिकोट विमानस्थलमा टर्मिनल विस्तार तथा हेलिपोर्ट निर्माण कार्य जारी रहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढ्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको कार्य प्रभावकारी रुपमा अघि बढाइएको छ । विमानस्थलको ‘पार्किङ वे’ विस्तार कार्य अन्तिम चरणमा पुगेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार विमानस्थलको धावनमार्गको पूर्वतर्फ सानो ठूलो गरी चार वटा र हालको अन्तर्राष्ट्रिय पाकिङ क्षेत्रको दक्षिणतर्फ दुई वटा वाइड बडी विमान पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

विमानस्थलले मौजुदा ठूला जहाज पार्किङ वेको पूर्व र दक्षिणतर्फ बनाइरहेको दुई पार्किङ वे निर्माण भएपछि हालको भन्दा ५० प्रतिशत पार्किङ क्षमता बढ्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा अहिले तीनवटा ठूला (वाइड बडी) र छ वटा साना (न्यारोबडी) गरी जम्मा नौ वटा जहाज मात्र पार्किङ गर्न सकिन्छ । नयाँ पार्किङ वे निर्माणपछि १३ वटा ठूला जहाज पार्किङ गर्न सकिनेछ ।

विमानस्थलको टर्मिनल विस्तार कार्य चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ भने धावनमार्ग विस्तारको कार्य पनि शुरु गर्ने योजना छ ।

धावनमार्ग कालोपत्रे प्रक्रिया शुरु

अन्तर्राष्ट्रिय विमानस्थलको मौजुदा ‘रन्वे तथा ट्याक्सी वेको रिह्याबिलिटेसन’ को लागि ठेक्का सम्झौता भई कार्य प्रारम्भ भइसकेको प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिनुभयो ।

विमाानस्थलको पहिलोपटक धावनमार्ग पुनःकालोपत्रे गर्न लागिएको हो । सन् २०१९ को जुन महीनासम्म धावनमार्गको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

त्रिअवि विकास विस्तार तथा उड्डयन सुरक्षाको लागि विमानस्थलको पूर्वतर्फको करीब १४० रोपनी जग्गा अधिग्रहणतर्फ जग्गाको मुआब्जा वितरण सकिएको जनाइएको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा ‘ब्यागेज ह्याण्डलिङ सिस्टम’ जडानका लागि खरीद सम्र्झौता सम्पन्न भइसकेको छ ।

राष्ट्रिय गौरवका आयोजना प्रगतितिर


राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य तीव्र गतिमा अगाडि बढेको छ । उक्त विमानस्थलनिर्माण कार्य सन् २०१९ जुन २८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोेमा यथा समयमै सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

सो विमानस्थल सञ्चालनको लागि पूर्वतयारी परीक्षण, सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा प्राधिकरण सञ्चालक समितिमा छलफल भई उक्त विमानस्थललाई जिटुजी मोडेलमा सञ्चालन गर्न सरकारको स्वीकृतिका लागि पठाई सकिएको महानिर्देशक गौतमको भनाइ छ ।

त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनीबाट थालनी भई द्रुत गतिमा कार्य भइरहेकोे छ । हालसम्ममा करीब २० प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने जुलाई २०२१ सम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने प्राधिकरणको योजना रहेको छ ।

निजगढ विमानस्थलले गति लियो

विगत लामो समयदेखि सर्वत्र चर्चाको विषय बनेको बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिएको छ ।

विमानस्थल निर्माण गर्ने सम्बन्धमा गत वर्ष मन्त्रिपरिषद्ले उक्त विमानस्थलको सडक निर्माण तथा विमानस्थल क्षेत्रको रुख कटानसम्बन्धी कार्यका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेअनुरुप नेपाली सेना र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

यस सम्बन्धमा स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदनअनुसार प्रथम चरणमा निर्माण गरिने क्षेत्रभित्रका रुख कटान आदेशका लागि प्रक्रिया अगाडि बढेको महानिर्देशक गौतमले बताउनुभयो ।
प्राधिकरणको विवरणअनुसार पछिल्ला वर्षमा हवाई यात्रुको सङ्ख्या बद्दो छ । सन् २०१७ को १० महीनाको तुलनामा आन्तरिक यावुयान आवागमनतर्फ सन् २०१८ को सोही अवधिमा २.७३ यात्रु वृद्धि भएका छन् ।

अन्तर्राष्ट्रियमा पनि २.२० प्रतिशतले वृद्धि भएको छ । अहिले विमानस्थलबाट नेपालका तीन तथा अन्य १३ मुलुकका २६ वायुसेवा गरी कूल २९ वायुसेवा प्रदायक कम्पनीले २३ वटा गन्तव्यमा हवाई सेवा सञ्चालन गरिरहेका छन् ।

सन् २०१८ को पहिलो १० महीनामा अन्तर्राष्ट्रिय उडानबाट त्रिअविमा ३५ लाख ४२ हजार ५७८ हवाई यात्रुको आवागमन भएको छ भने आन्तरिकतर्फ २३ लाख ८५५ यात्रुको आगमन भएको प्राधिकरणको रेकर्ड छ ।