६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

इँटा उद्योगद्वारा करोडौँको राजश्व छली, तर प्रशासन मौन !

इँटा उद्योगद्वारा करोडौँको राजश्व छली, तर प्रशासन मौन !
अ+ अ-

–विश्वनाथ ठाकुर 

सर्लाही- जिल्लामा अवैध रूपमा इँटा उद्योगका सञ्चालन हुँदा राज्यको करोडाँै राजश्व असुलीमा असर पर्नाका साथै वातावरणमा समेत असर परेको छ । एक दर्जनभन्दा बढी इँटा उद्योग अवैध रूपमा सञ्चालन हुँदै आइरहेका छन् । सरकारले तोकेको मापदण्डविपरीत स्थानीय प्रशासनको मिलोमतोमा यस्ता उद्योग सञ्चालनमा रहेको दर्तावाला इँटा उद्योग व्यवसायीको आरोप छ । 

विगत केही वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा अवैध रुपमा यस्ता इँटभट्टा सञ्चालन हँुदै आए पनि नियन्त्रण गर्न स्थानीय प्रशासन उदासिन भएकाले त्यस्ता उद्योग सञ्चालकले प्रश्रय पाएको उनीहरूको गुनासो छ । 

बिनादर्ता वा एउटा इँटा उद्योगको दर्ता देखाएर अर्को ठाउँमा उद्योग सञ्चालन र फिक्सको साटो चदरा (जस्तापता)को प्रयोग गरेर उद्योग सञ्चालन गरेका कारण राजश्व छलीका साथै वतावरणमा ठूलो असर परिरहेको छ । ब्रहम्पुरीस्थित अकाश इँटा उद्योग, बसन्तपुरस्थित सबनम इँटा उद्योेग, सक्रौलस्थित मनोज इँटा उद्योग, नोकैल्वास्थित निराजन इँटा उद्योग, ब्रहम्पुरीस्थित शिव आधुनिक फिक्स इँटा उद्योग तथा कारिक बाबा फिक्स इँटा उद्योग, हरिवन–७ स्थित मैनाली इँटा उद्योग र हरिवन–६स्थित ओम बमबम इँटा उद्योग चदरा (जस्तापता)ले बनेको डोङ्गा प्रयोग गर्दै आएकोे तथ्याङ्क घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले उपलब्ध गराएको छ । 

त्यस्तै बिना इजाजत सलेमपुर भलुअहाको यादव इँटा उद्योग, ब्रहम्पुरी–१को मनोजकुमार साहको इँटा उद्योग, मलङ्गवा–७को अनरजित साहको इँटा उद्योग, हरिबोल मैनालीको हरिवनस्थित जोगी इँटा उद्योग र किशोरी साह रोहुवा बगदहको बीच इँटा उद्योग सञ्चालन सञ्चालन हुँदै आइरहेको छ जिल्लामा रहेका १४२ इँटा उद्योगमध्ये ७२ मात्र इँटा उद्योग वैध रुपमा सञ्चालनमा रहेको छ भने अन्य सबै अवैध रुपमा सञ्चालन हुँदै आएको सर्लाही इँटा उद्योग व्यवसायी सङ्घका जिल्ला अध्यक्ष मेथुर चौधरीले जानकारी दिनुभयो । 

त्यस्ता इँटा उद्योगलाई नियन्त्रण तथा कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सङ्घले निवेदन गर्दा पनि कुनै सुनवाइ नभएको उहाँले गुनासो गर्नुभयो । अनुगमनका क्रममा अवैध रूपले इँटा पोल्ने व्यक्ति फेला पारेर पनि कुनै कारवाही नभएको अध्यक्ष चौधरीले बताउनुभयो । 

जिल्लामा अवैधरूपमा सञ्चालनमा रहेको उद्योगसँग स्थानीय प्रशासनले प्रत्येक वर्ष रु दुई लाख ५० हजारका दरले रकम असुल गरेको एक स्रोतले जनाएको छ । त्यस्ता उद्योगले आधुनिक उद्योगको तुलनामा गुणस्तरहीन हुनाका साथै राज्यलाई कर तिर्न पर्ने कर नतिरेका कारण सस्तो हुने भएकाले आफूहरु मारमा परेको सङ्घका पदाधिकारीको गुनासो छ । यस्ता इँटा उद्योगका कारण वन बिनासका साथै स्वास्थ्यमासमेत प्रतिकूल असर गर्ने गरेको छ । 

अवैध रूपले सञ्चालन हुँदै आएका इँटा उद्योगका कारण वैध रूपमा उद्योग सञ्चालन गर्नेलाई घटा हुने गरेको इँटा उद्योगी जगरनाथ राय यादवले बताउनुभयो। त्यस्ता उद्योगीहरूले मूल्यअभिबृद्धि कर बिना नेै कम मूल्यमा इँटा बेच्ने गरेका कारण आफूहरुलाई घटा हुने गरेको उहाँको भनाइ थियोे । 

“भारतबाट कोइला खरिद गर्नुपर्ने र इँटा बिक्री पनि मूल्यअभिबृद्धि कर जोडेरै गर्नुपर्ने हुँदा दर्ता नै नभई सञ्चालनमा रहेका त्यस्ता इँटासँग बजारमा प्रतिस्पर्धा गनुपर्छ”, होम इँटा उद्योगका सञ्चालक एवं सङ्घका सचिव भगवान मैनालीले बताउनुभयो । त्यस्ता उद्योगमा इँटा दाउराले पोलिने र कर पनि तिर्नु नपर्ने हुँदा लागत मूल्य कम पर्छ । दाउराले पोलिने घरेलु इँटा त्यति राम्रो नभए पनि स्थानीय उपभोक्तालाई गुणस्तरीय इँटाको बारेमा जानकारी नहुँदा पनि यो समस्या आएको हो, उहाँले भन्नुभयो । 

यस विषयमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसँग सोध्दा उहाँले केही दिन पहिला सहायक प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको नेतृत्वमा अनुगमन तर आफूले बुझ्न बाँकी रहेको जानकारी दिनुभयो । 

त्यस्ता उद्योगलाई पटक–पटक नियमन गर्न खोज्दासमेत आफू एक्लैले नसककोको घरेलु तथा सना उद्योग कार्यालयका प्रमुख सूर्यकान्तलाल कर्णले बताउनुभयो । नेपाल सरकारले चदरा (जस्तापता) ले बनेको इँटा उद्योगलाई विस्थापित गरी दुई वर्षभित्रमा फिक्स बनाउनुपर्ने २०६६ चैत ८ गते निर्णय गरेको थियो । 
(रासस)
–––