१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसले गर्यो एक करोड २० लाख स्वाह, नेताहरु असन्तुष्टि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरुले सदस्यहरुलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि पार्टी कोषको खर्च कम भएको छ। पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २० लाख मात्रै थपिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
नयाँ पत्रिका दैनिकका अनुसार सात शीर्ष नेताहरुले निजी खर्चमा हरेक दिन पालैपालो रात्रिभोज गरेका थिए। कांग्रेसले महासमिति सुरु हुनुअघि नै सदस्यहरुलाई बिहानको खाना मात्रै खुवाउने सूचना गरेको थियो। बेलुकाको खानाको व्यवस्था आफैं गर्नुपर्ने भनिएको थियो। तर, नेताहरुले व्यवस्था गरेपछि सदस्यहरुलाई सजिलो भएको छ।
केही नेताहरुले पार्टीमा प्रभाव र शक्ति देखाउन व्यक्तिगत खर्चमा खाना खुवाएको भन्दै असन्तुष्टि जनाए, बहिष्कार समेत गरे। झन्डै एक हजार ६०० सहभागी बैठक मंसिर २८मा सुरु भई पुस ६ मा सकिएको थियो।