८ आश्विन २०८१, मंगलवार
,
Latest
मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षाकर्मीका पोसाकमा गुणस्तर निर्धारण, नापतौल विभागले मापदण्ड बनाउने



अ+ अ-

काठमाडौं । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाउने पोसाकको गुणस्तर निर्धारण गरिने भएको छ। सरकारले पहिलोपटक पोसाकको उत्पादन र बिक्री मापदण्ड निर्धारण गर्न लागेको नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक अनिल शाक्यले जानकारी दिए।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रले प्रयोग गर्ने लुगा अन्य व्यक्तिको भन्दा बलियो हुनुपर्ने भएकाले पोसाकमा गुणस्तरसम्बन्धी मापदण्ड ल्याउन लागेको उनले बताए। नेपाल प्रहरी, नेपालीसेना र सशस्त्र प्रहरीले प्रयोग गर्ने पोसाकमा गुणस्तर मापदण्ड नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर निर्धारण गरेको हो।
तीन विभागीयको मागबमोजिक नेपाल गुणस्तर तथा नापतौल विभागले पोसाकमा मापदण्ड बनाउन थालेको शाक्यले बताएको खबर राजधानी दैनिकमा छ। तीनै तहले प्रयोग गर्ने पोसाक बनाउँदा ठेकेदारले बदमासी गरी कमसल कपडा प्रयोग गर्ने समस्या आएपछि मापदण्ड बनाउन थालेको हो।