८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि एउटै, मूल्य भने आठ गुणा बढी



अ+ अ-

काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयतित भन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महंगो पर्न गएको छ।
विदेशबाट आयातित र स्वेदशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा मंहगो रहेको तथ्य फेला पारेको हो नागरिक दैनिकमा खबर छ।
राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिंदै आएको छ। तर उपभोक्ताले आयातित औषधिभन्दा स्वदेशमा उत्पादित औषधि मंहगो किन्दै आएका छन्।
विदशेबाट औषध महँगोमा किन्दौ आएका छन्। विदशेबाट औषधि ल्याउँदा पाँचदेखि सात प्रतिशतसम्म भन्सार तिर्नुपर्छ।