६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेकपाबारे प्रचण्ड आफैले गरे यस्तो खुलासा ! पार्टी नै…

नेकपाबारे प्रचण्ड आफैले गरे यस्तो खुलासा ! पार्टी नै…
अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंले नेतृत्व गरेको पार्टी अहिले अवैधजस्तो भएको बताएका छन्।

उपन्यासकार भगवती ढुंगेलको पुस्तक शनिबार विमोचन गर्दै उनले सबै राजनीतिक दलले हरेक कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने भए पनि आफ्नो पार्टीले अहिले नसकेकोमा पार्टी नै अवैधजस्तो भएको बताएका हुन्।

उनले निर्वाचन आयोगमा आगामी महाधिवेशनबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएको र पुर्‍याउने दृढता पनि जनाए। ‘हाम्रो पार्टी अहिले अवैधजस्तो भएको छ।

हामीले निर्वाचन आयोगमा ३३ प्रतिशत पुर्‍याउँछौं भनेका छौं। आगामी अधिवेशनबाट ३३ प्रतिशत प्रतिनिधित्व पयाउँछौं’, उनले भने। महिला प्रतिनिधित्व आन्दोलनका कारण स्थापित भएको दाहालको भनाइ थियो।

‘बिग फाइभमध्ये बिग थ्री’ महिला त्यसै भएको होइन, यसमा राजनीतिक आन्दोलनको ठूलो योगदान छ। राज्यका सबै तहमा महिलाको बलियो प्रतिनिधित्व भएको छ। संघीय, प्रादेशिक र स्थानीय तहमा महिलाको महत्वपूर्ण सहभागिता छ’, उनले भने।

उनले नेता आफैं नजन्मिने भन्दै विभिन्न ठक्कर र अग्निपरीक्षाबाट नै जन्मिने बताए। ‘पार्टी र नेता जनताले तयार पार्छ। जनताले धेरै ठक्कर दिएपछि, अग्निपरीक्षामा हालेर नेता जन्माउँछ’, उनले भने, ‘नेताले जीवन र जनताका विभिन्न उतारचढाव भोग्छ। उसले आफूभित्रबाट र अझ आफूमध्येबाटै नेता बनाउँछ। साहित्यकार र राजनीतिज्ञ पनि त्यसरी नै जन्मिन्छ।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।