८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाबारे प्रचण्ड आफैले गरे यस्तो खुलासा ! पार्टी नै…



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंले नेतृत्व गरेको पार्टी अहिले अवैधजस्तो भएको बताएका छन्।

उपन्यासकार भगवती ढुंगेलको पुस्तक शनिबार विमोचन गर्दै उनले सबै राजनीतिक दलले हरेक कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने भए पनि आफ्नो पार्टीले अहिले नसकेकोमा पार्टी नै अवैधजस्तो भएको बताएका हुन्।

उनले निर्वाचन आयोगमा आगामी महाधिवेशनबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएको र पुर्‍याउने दृढता पनि जनाए। ‘हाम्रो पार्टी अहिले अवैधजस्तो भएको छ।

हामीले निर्वाचन आयोगमा ३३ प्रतिशत पुर्‍याउँछौं भनेका छौं। आगामी अधिवेशनबाट ३३ प्रतिशत प्रतिनिधित्व पयाउँछौं’, उनले भने। महिला प्रतिनिधित्व आन्दोलनका कारण स्थापित भएको दाहालको भनाइ थियो।

‘बिग फाइभमध्ये बिग थ्री’ महिला त्यसै भएको होइन, यसमा राजनीतिक आन्दोलनको ठूलो योगदान छ। राज्यका सबै तहमा महिलाको बलियो प्रतिनिधित्व भएको छ। संघीय, प्रादेशिक र स्थानीय तहमा महिलाको महत्वपूर्ण सहभागिता छ’, उनले भने।

उनले नेता आफैं नजन्मिने भन्दै विभिन्न ठक्कर र अग्निपरीक्षाबाट नै जन्मिने बताए। ‘पार्टी र नेता जनताले तयार पार्छ। जनताले धेरै ठक्कर दिएपछि, अग्निपरीक्षामा हालेर नेता जन्माउँछ’, उनले भने, ‘नेताले जीवन र जनताका विभिन्न उतारचढाव भोग्छ। उसले आफूभित्रबाट र अझ आफूमध्येबाटै नेता बनाउँछ। साहित्यकार र राजनीतिज्ञ पनि त्यसरी नै जन्मिन्छ।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।