८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधि सुन तस्करीमा, प्रहरी नै चुपचाप



अ+ अ-

सिरहा । सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो ।

शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीन जनालाई लुकाएको सार्वजनिक भएको हो ।

सार्वजनिक गरेको एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीन जनालाई पक्राउ परेको जानकारी केही घण्टापछि दिएको छ । सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खठिएको टोलीले सुनसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

घटनामा अभियुक्त अमिरुल खानले अन्य तीन जना पनि पक्राउ परेको पत्रकारमाझ बताएपछि प्रहरी अप्ठ्यारामा परेको थियो । पत्रकारले थप बुझ्न खोज्दा एक दुई घण्टा पछि आउनुहोस भन्दै एसपी सोमप्रसाद गुरुङले सम्मेलन सक्काएका थिए ।