८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल नै नबनाई फोमरबाट निर्बाचित मेयरले कुम्ल्याए ९० लाख



अ+ अ-

रौतहट । रौतहटको गरुडा नगरपालिकामा तीनवटा पक्की पुल नबनाई ९० लाख रुपैयाँ निकासा भएको खुलेको छ । उपभोक्ता समितिले कागजमा पक्की पुल निर्माण गरेको देखाई ९० लाख रुपैयाँ लिएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ ।

संघीय सरकारको बजेटबाट नगरपालिकाको १ र ६ नम्बर वडामा तीनवटा पक्की पुल बनाउन ९० लाख बजेट छुट्याएको थियो । पक्की पुल निर्माण हुनुपर्ने ठाउँमा ह्युम पाइप मात्र राखेर माटोले पुरिएको छ । तीनवटा पुलको भुक्तानी गरुडा नगरपालिकाको कार्यालयले दिइसक्दा पनि तोकिएको स्थानमा एउटा पुल बनेको देखिँदैन । उक्त पुल कागजमै निर्माण भएर सबै रकम निकासा भइसकेको हो ।

आर्थिक वर्ष ०७४(०७५ मा गरुडा नगरपालिकामा तीनवटा साना पक्की पुलहरू निर्माण गर्न संघीय सरकारबाट आएको रकमबाट तीनवटा उपभोक्ता समिति नगरपालिकाबाट गठन भई ३० लाखका दरले भुक्तानी दिएका थिए । गरुडा नपा–१ जयनगर टोलमा कल्भर्ट ९सडक पुल०, गरुडा नपा ६ लमहा नहरमा अमरपट्टिजाने बाटोको पुल र गरुडा ६ कै पोठियाही वडा कार्यालय पछाडिको सडक पुलका लागि तीनवटा उपभोक्ता समितिलाई नगरपालिकाले गत असार २९ गते नै भुक्तानी दिइसकेको भए पनि पुल निर्माण भएको देखिँदैन ।

योजना सम्पन्न भएर त्यसको अनुगमन निरीक्षणपछि मात्रै भुक्तानी दिनुपर्ने ठाउँमा नगरप्रमुख इन्नु रायले सीधै रकम बाँडेको स्थानीयको आरोप छ । पुल बन्नुपर्ने स्थानमा अहिलेसम्म कुनै काम भएको छैन । आफू नजिकका व्यक्तिहरूको उपभोक्ता समिति बनाएर नगरप्रमुख र वडा अध्यक्षले भ्रष्टाचार गरेको ४ नम्बर वडाध्यक्ष चुनचुन साहले आरोप लगाए । कामै नभएको योजनामा तीस लाखका दरले नगरपालिकाले भुक्तानी दिएर भ्रष्टाचार गरेको आरोप लगाउँदै उनले पुलको नाममा केही काम नभएको देख्दादेख्दै पनि तत्कालीन प्रशासकीय अधिकृत तथा मेयरले पेस्की भन्दै रकम भुक्तानी गरे ।

गरुडा नगरपालिकामा अहिले रहेका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उपभोक्ता समितिलाई दिइएको सो भुक्तानी गलत रहेको बताए । ‘नगरपालिकाबाट उपभोक्ता समितिको खातामा पेस्की रकम दिएको देखिन्छ,’ उनले अगाडि भने, ‘असार २७ मा सरकारले निकासा दिएको र २९ गते उपभोक्ता समितिलाई नगरपालिकाले पेस्की दिएको योजना फाइलबाट स्पष्ट देखिन्छ ।’ सम्झौता गरेर काम सुरु भएपछि मात्रै पेस्की दिनुपर्ने ठाउँमा त्यस्तो नभएको देखिएपछि उपभोक्ता समितिको खाता रोक्का गरिएको उनले जानकारी दिए ।

उपमेयर रंगिला देवी जयसवालले काम नभएको योजनामा पूरै भुक्तानी दिनुले सीधै भ्रष्टाचार देखिएको बताइन् । उनका अनुसार, पुलको केही काम नभएको देख्दादेख्दै मेयर र प्रशासकीय अधिकृतले सुटुक्क रकम दिएका हुन् । उपमेयरले पोल खोलेपछि गरुडा नगरपालिकाको उपभोक्ता समितिले झिकिसकेको रकम बैंकमा दाखिला गरेको छ । उपमेयरले कागजमा पुल बनाएर भुक्तानी लिने र दिनेबारे सम्बन्धित निकायबाट अनुसन्धान गराउने बताइन् ।