६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लिभरपुलको कठिन जित, सलाह बने नायक

लिभरपुलको कठिन जित, सलाह बने नायक
अ+ अ-

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि कठिन जित हात पारेको छ । ब्राइटनको घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभपुलले ब्राइटनलाई १–० गोलले हरायो ।

लिभरपुलको कठिन जितमा मोहमद सलाह नायक बने । सलाहले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लिभरपुललाई हारबाट जोगाएका थिए । सलाहको जारी सिजनमा यो १७औं गोल हो । ब्राइटनका पास्कल ग्रसले सलाहलाई फल हानेपछि लिभरपुलले पेनाल्टीको पाएको थियो ।

जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी सँग सात अंकको अग्रता बनाएको छ । लिभरपुलले २२ खेलबाट ५७ अंक बनाएको छ । एक खेल कम खेलेको सिटीको ५० अंक छ । २६ अंक बनाएको ब्राइटल १३औं स्थानमा छ ।
यसैगरी शनिबार रातीनै भएको अर्को खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई २–१ गोलले पराजित गर्यो । घरेलु मैदानमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वीज नवौं र विलियनले ५७औं मिनेटमा गोल गरे । न्युक्यासलका कियरन क्लार्कले ४०औं मिनेटमा एक गोल फर्काएका थिए । जितपछि २२ खेलबाट ४७ अंक बनाएको चेल्सीले चौथो स्थान थप बलियो बनाएको छ । १८ अंक बनाएको न्युक्यासल रेलिगेसनमै छ ।

अन्य खेलमा बर्नलीले फुलहामलाई २–१, बाटफोर्डले क्रिस्टल प्यालेसलाई २–१ र साउथह्याप्पटनले लेस्टर सिटीलाई २–१ गेलले हरायो । कार्डिफ सिटी र हडर्सफिल्ड टाउनले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

त्यस्तै, इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यास्टललाई पराजित गर्दै महत्वपूर्ण तीन अंक खोसेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युक्यास्टललाई २–१ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा पेड्रो र विलियमले गोल गरे । यता, न्युक्यास्टलको लागि भने कैयरन क्लार्कले गोल गरे ।

खेलको नौं मिनेटमा नै पेड्रोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । एकपछि अर्को दबाब बनाएको चेल्सीले पहिलो हाफको अन्त्यतिर गोल खान पुग्यो । क्लार्कले गोल गर्दै चेल्सीविरुद्ध न्युक्यास्टललाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकेको थियो भने दोस्रो हाफमा चेल्सीले थप एक गोल गर्न सफल भयो । विलियमले ५७औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ गोलको जित दिलाएका थिए ।

शनिबार राति नै भएका अन्य खेलमा साउथह्याम्पटनले लेष्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दा बर्नेलीले फुलह्यामलाई २–१ गोलले नै पराजित गरेको छ ।

त्यस्तै, वाट्फोर्डले क्रिष्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गर्दा कार्डिफ सिटी र हडर्सफिल्ड भने गोलरहित बराबरीमा रोकिएका छन् ।

जितसँगै चेल्सीले २२ खेलबाट ४७ अंक बनाएको छ । अहिले चेल्सी लिगको चौथो स्थानमा छ । पराजित न्युक्यास्टल भने लिगको १८औं स्थानमा छ ।