१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिको लागि तालीम



अ+ अ-

काठमाडौँ । स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । सङ्घले ‘स्पिच थेरापी’ तालीम र स्वयंसेवी समूहसम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा सङ्घका अध्यक्ष सञ्जयकुमार झाले सरकारले स्पिच थेरापी सेवा उपलब्ध गराउनुका साथै विद्यालयस्तरका पाठ्यक्रममा स्वर बोलाइसम्बन्धी अपाङ्गताको विषयलाई समावेश गर्नुपर्ने माग गर्नुभयो । नेपालको पछिल्लो तथ्याङ्कअनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशतअर्थात् पाँच लाख १३ हजार ३२१ रहेका छन् । अपाङ्गतासम्बन्धी अधिकारकर्मीले राज्यका हरेक संरचनामा आफूहरूको समान सहभागिता हुनुपर्ने मागसमेत गर्दै आएका छन् ।