८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिको लागि तालीम



अ+ अ-

काठमाडौँ । स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । सङ्घले ‘स्पिच थेरापी’ तालीम र स्वयंसेवी समूहसम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा सङ्घका अध्यक्ष सञ्जयकुमार झाले सरकारले स्पिच थेरापी सेवा उपलब्ध गराउनुका साथै विद्यालयस्तरका पाठ्यक्रममा स्वर बोलाइसम्बन्धी अपाङ्गताको विषयलाई समावेश गर्नुपर्ने माग गर्नुभयो । नेपालको पछिल्लो तथ्याङ्कअनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशतअर्थात् पाँच लाख १३ हजार ३२१ रहेका छन् । अपाङ्गतासम्बन्धी अधिकारकर्मीले राज्यका हरेक संरचनामा आफूहरूको समान सहभागिता हुनुपर्ने मागसमेत गर्दै आएका छन् ।