१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.केसीको स्वास्थ्य अवस्था नाजुक, चासो दिएन सरकारले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै इलाममा १६औं अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य समस्या देखिदै गएको छ ।

आइतबार पाँचौं अनशनका दिन डा.केसीलाई दाहिने फोक्सोमा समस्या देखेको चिकित्सक डा. रामकृष्ण आचार्य बताएका छन् ।

आचार्यका अनुसार डा.केसीको दाहिने फोक्सो राम्रोसँग खुल्न छाडेको छ। छातीमा संक्रमण भएको छ भने पिसाब कम आउन थालेको छ।

उनका अनुसार डा. केसीलाई जुनसुकै बेला पनि अस्पताल लानुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानकर्षण गराएका छन् ।

डा. केसीको थप समस्या पत्ता लगाउनको उनको रगत र पिसावको नमुना परीक्षणका लागि अस्पतालमा लगिएको र रिपोर्ट आएपछि उनको स्वास्थ्यबारे थप जानकारी आउने चिकित्सकले बताएका छन्।