८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.केसीको स्वास्थ्य अवस्था नाजुक, चासो दिएन सरकारले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै इलाममा १६औं अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य समस्या देखिदै गएको छ ।

आइतबार पाँचौं अनशनका दिन डा.केसीलाई दाहिने फोक्सोमा समस्या देखेको चिकित्सक डा. रामकृष्ण आचार्य बताएका छन् ।

आचार्यका अनुसार डा.केसीको दाहिने फोक्सो राम्रोसँग खुल्न छाडेको छ। छातीमा संक्रमण भएको छ भने पिसाब कम आउन थालेको छ।

उनका अनुसार डा. केसीलाई जुनसुकै बेला पनि अस्पताल लानुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानकर्षण गराएका छन् ।

डा. केसीको थप समस्या पत्ता लगाउनको उनको रगत र पिसावको नमुना परीक्षणका लागि अस्पतालमा लगिएको र रिपोर्ट आएपछि उनको स्वास्थ्यबारे थप जानकारी आउने चिकित्सकले बताएका छन्।