६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपाल वैज्ञानिक समाजवादतिर नै लाग्नुपर्छ: नेता मानन्धर

नेपाल वैज्ञानिक समाजवादतिर नै लाग्नुपर्छ: नेता मानन्धर
अ+ अ-

काठमाडौँ । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले यस्तो नेपाल कम्युनिष्ट पार्टीलाई संसदीय र शान्तिपूर्ण रुपबाट बहुमत प्राप्त सरकार भएको यस स्थितिबाट समाजवादतिर हिँडेमा संसारमा नै नमूना देखाउन सकिने बताउनुभएको छ ।

राणाविरोधी आन्दोलनका मुक्तियोद्धा (नेपालगञ्ज–धनगढी)मानन्धरले आफ्नो निवास मैतीदेवीमा रासससँगको अन्तर्वार्तामा मुलुकलाई समाजवादमा लैजान जनताको शिक्षा, स्वास्थ र आवासमा राज्य क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिँदै सरकारले आफूलाई प्राप्त अवसरको भरपूर उपयोग गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले त वैज्ञानिक समाजवाद भनेको छु, समाजवाद मात्र भनेर हुन्न । उत्पादनका साधनमा सामाजिक अधिकार हुनुपर्छ, त्यसमा व्यक्तिगत अधिकार हुनुहुन्न । उत्पादनको साधनमा स्वामित्व र वितरण कुन आधारमा हुन्छ, त्यसै आधारमा वैज्ञानिक समाजवाद हो होइन भन्ने थाहा हुन्छ, खालि समाजवाद मात्र भनेर हुन्न । अहिले समाजवाद लोकप्रिय भएकाले समाजवाद नभन्दा दलहरुलाई पनि टिक्न गाह्रो छ ।”

एकातिर समाजवाद ल्याउने भन्ने कुरा नेताहरुले गरेको तर मूल हतियार पार्टी सङ्गठन महीनौँ बित्दा पनि माथिल्ला तह केन्द्रीय समिति र सचिवालयबाहेक तल एकीकरण र सक्रिय नभएकामा चिन्ता व्यक्त गर्दै उहाँले पार्टी निष्क्रिय भई जनतामा कायक्रम लान नसकिएको तर भाषण मात्र भएकाले जनतामा असन्तोष पैदा गरेको उहाँले बताउनुभयो ।

नेकपाको साङ्गठनिक प्रस्ताव र विधान ल्याइए पनि ठोस राजनीतिक प्रस्ताव ल्याउन नसकिएकामा असन्तोष व्यक्त गर्दै उहाँले नेकपा सैद्धान्तिकता र वैचारिकता विषयमा बडो दोधारमा रही विचलन हुने स्थिति देखापरेकाले यसमा नेकपा बडो चनाखो हुनुपरेको औँल्याउनुभयो ।

मजदूरहरुलाई सामाजिक सुरक्षाको कुरा भए पनि यसको कार्यान्वयन हेर्नुपर्छ र समाजवादमा जाने चरित्र हेर्नुपर्छ भन्दै उहाँले समाजवादलाई बल दिनुपर्नेमा नातावाद र आफ्नो मान्छे भर्ना गर्ने पञ्चायती रोग बढेको, फजूल खर्च एवं गाडी र तेलमा खर्च बढेको छ भन्दै उहाँले व्यक्ति र मिडियाको आलोचनाप्रति सहिष्णु हुन सरकारलाई सुझाव दिनुभयो । प्राडा गोविन्द केसीसँगको समझदारी पालना गर्न पनि उहाँले माग गर्नुभयो ।

राष्ट्र र सरकार प्रमुखको सुरक्षाका नाममा सवारी साधनको ताँती लगाई सडक जाम गर्दा जनतालाई पर्ने मर्का नहेरिएकामा असन्तोष व्यक्त गर्दै उहाँले गाउँ र नगरपालिकाका अध्यक्ष र सदस्यले आफ्ना तलब भत्ताप्रति मात्र चिन्ता गरेको तर समग्रमा जनतालाई सेवा पु¥याउने ठोस काम नगरेको भनी ठोकुवा गर्नुभयो ।

“नेकपाले माक्र्सवाद–लेनिनवाद (माले), मजदूर र वर्गको कुरा गरे पनि व्यावहारिक रुपमा काङ्ग्रेस र वर्तमान सरकारको फरकपना भन्नै गाह्रो छ । नेकपाको नेतृत्व र सरकारले सही दिशा समातेर व्यवहार र चरित्रबाट आफूलाई काङ्ग्रेसको सिद्धान्त र व्यवहारबाट फरक बनाउन सक्नुपर्छ, जनताले त्यस्तो अवस्था अनुभूत गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

मालेको मार्गदर्शक सिद्धान्तअनुकूल इमान्दारीपूर्वक काममा सुधार ल्याउनुपर्नेमा जोड दिँदै पुराना राजनीतिज्ञ मानन्धरले नेताको रहनसहन जनतासँग मिल्दोजुल्दो हुनुपर्ने बताउनुभयो । “नेताहरु विलासी जीवनबाट अलग भैदिऊन् । मेरो हार्दिक अभिलाषा छ नेताहरु सही दिशामा गइदिऊन्”, सादगी नेता मानन्धरले भन्नुभयो ।

माले शब्दले मात्र होइन त्यसप्रति निष्ठा राख्दै जनतासँग जोडिन तथा सत्तासँग समझदारी गरी आफ्नो स्वार्थ पूरा गर्ने तप्काबाट एवं आसेपासे, पूँजीवादी र व्यापारी जोगिन सल्लाह दिँदै उहाँले त्यस्ता समूहबाट सञ्चाालित नभई तिनसँग सचेत रहेर माक्र्सवाद–लेनिनवादप्रति निष्ठा राखी जनताको जीवनमा सक्दो परिवर्तन आजै गरेर अगाडि बढ्न सरकार र राजनीतिक नेतृत्वलाई सुझाव दिनुभयो ।

उनानब्बे वर्षीय नेताको आग्रह छ, पुराना राजनीतिक व्यक्तित्वहरुले सरकारलाई वैचारिक र साङ्गठनिक सहयोग गर्न सक्छन् तर उमेरका कारण साङ्गठनिक रुपले संलग्न नभए पनि, दौडधूप गर्न नसके पनि आफूलाई लागेको कुरा भन्नुपर्छ, चुप लाग्नुहुँदैन, समयमै बोल्नुपर्छ, सही र गलत कुराबारे बोलेर भूमिका खेल्नुपर्छ ।

सरकारको परराष्ट्र नीति छिमेकीसँगको प्राथमिकता हुनु स्वाभाविक भए पनि त्यसैमा मात्र अल्झेर नबसी संसारभरि आफ्नो मित्रता बढाउन सल्लाह दिँदै उहाँले पार्टी विशेषको नभई समग्र मुलुकको परराष्ट्रनीति हुुुनुपर्ने र यसमा मूलधारका पार्टीबीच समान समझदारी विकास भएमा सरकार बदलिए पनि धोका खाने सम्भावना नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा प्राकृतिक स्रोतसाधन छन् । दुवै छिमेकी नयाँ शक्तिका रुपमा उदाउँछैन् । यसैले हाम्रो भविष्य पनि उज्यालो हुन सक्नुपर्छ । यसका लागि जनतामा आलोचनात्मक चेतना तथा नेतृत्वमा निष्ठा र इमान्दारी हुनुपर्छ । नेपालको प्राकृतिक र भौगोलिक उपयोग गर्न सकेमा नेपालको भविष्य उज्यालो छ ।”

विसं २०४६ र २०६२/६३ को आन्दोलनमा संयुक्त वाममोर्चा र संवामो नेपालमा पार्टीगत सहभागिता जनाउनुभएका नेता मानन्धर विसं २०६३ असोज ७ गतेदेखि तत्कालीन नेकपा (संयुक्त माक्र्सवादी) को महासचिवबाट राजीनामा दिई सक्रिय राजनीतिबाट अलग हुनुभएको छ ।

हाल केही अस्वस्थ हुनु भए पनि उहाँ पुत्र युवा नेता सुनिल मानन्धर र बुहारी राधा भट्टराईका साथ रही आफ्ना राजनीतिक संस्मरण लेख्न तल्लीन हुनुहुन्छ । रौतहट, गौरमा जन्मनुभएका उहाँको करीब एक दशकअघि राजनीतिक दस्तावेज, लेखरचना र अन्तर्वार्ताहरुको सङ्ग्रह प्रकाशन भइसकेको छ ।