१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको मुर्तिसहित एक पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले पुरातात्विक बुद्धको मुर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।

आईतबार काठमाडौं प्रहरी परिसर टेकुबाट खटिएको टोलिले ३ वटा बुद्धको मुर्ति सहित सिन्धुलीको मरिन–६ घर भइ हाल सामाखुशी बस्दै आएका ३९ वर्षीय दिलबहादुर ल्योलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार स्वयम्भु, सीतापाइला र भगवानपाउ क्षेत्रमा मुर्तिको अवैध बेचविखन र कारोबार हुँदै गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको बताए ।

प्रहरीका अनुसार ल्योले उक्त मुर्ति झोलामा लुकाएर ल्याएका थिए ।

मुर्ति कहाँबाट ल्याएका हुन् भन्ने स्रोत नखुलेका कारण ल्यो माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।