८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको मुर्तिसहित एक पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले पुरातात्विक बुद्धको मुर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।

आईतबार काठमाडौं प्रहरी परिसर टेकुबाट खटिएको टोलिले ३ वटा बुद्धको मुर्ति सहित सिन्धुलीको मरिन–६ घर भइ हाल सामाखुशी बस्दै आएका ३९ वर्षीय दिलबहादुर ल्योलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार स्वयम्भु, सीतापाइला र भगवानपाउ क्षेत्रमा मुर्तिको अवैध बेचविखन र कारोबार हुँदै गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको बताए ।

प्रहरीका अनुसार ल्योले उक्त मुर्ति झोलामा लुकाएर ल्याएका थिए ।

मुर्ति कहाँबाट ल्याएका हुन् भन्ने स्रोत नखुलेका कारण ल्यो माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।