६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

फोनिजद्वारा १७ बुँदे मिर्छुलुङ घोषणापत्र जारी

फोनिजद्वारा १७ बुँदे मिर्छुलुङ घोषणापत्र जारी
अ+ अ-

दमौली । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सङ्घीय समितिको तेश्रो पूर्ण बैठक १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भिमाद नगरपालिका–५ मिर्छुलुङमा सम्पन्न बैठकले श्रमजीवि पत्रकार ऐन तथा सरकारले तय गरेको श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्नुपर्नेसहित १७ बुँदे घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा सरकारले हालै निर्माण गरेको समावेशी सञ्चार नीति सङ्घ, प्रदेश र स्थानीय सरकारमा तत्काल कार्यान्वयन गर्नुपर्ने, सरकारी तथा निजी सञ्चार माध्यममा आदिवासी जनजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, महिला, दलित, पछाडि पारिएको क्षेत्रलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख छ । त्यस्तै केन्द्र, प्रदेश तथा स्थानीय सरकारले बजेट निर्माण गर्दा आदिवासी जनजाति समुदायका पत्रकार सम्बद्ध सङ्घसंस्थालाई न्यायोचित रुपमा वितरण गर्नुपर्ने माग गरिएको छ ।

त्यसैगरी आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धि तथा सशक्तीकरणका लागि तालीम प्रशिक्षणका निम्ति सरकारको तर्फबाट आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, आदिवासी जनजाति समुदायका भाषा, लिपि, संस्कार, संस्कृतिको सम्बद्र्धन हुने गरी सरकारी तथा निजी सञ्चार माध्यमहरुबाट अनिवार्य रुपमा कार्यक्रम प्रकाशन र प्रशारण गर्ने नीति निर्माण गर्नुपर्ने, प्रदेश र स्थानीय सरकारले आदिवासी जनजाति तथा लोपोन्मुख समुदायको उत्थान तथा प्रवद्र्धनका लागि आवश्यक बजेटको व्यवस्था गरी त्यसको समुचित रुपमा वितरण गर्न माग गरिएकबो छ ।

सबै क्षेत्रमा समानुपातिक, समावेशी विज्ञापन नीति लागू गर्नुपर्ने, आदिवासी जनजाति समुदायको विषय उठान गर्दै आएका मातृभाषी सञ्चार माध्यमहरुको निरन्तरता तथा क्षमता अभिवृद्धिका निम्ति आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेलगायत घोषणापत्रमा उल्लेख गरिएको छ ।

बैठकले भिमाद नगरपालिकालाई नमूना नगरपालिका बनाउने अभियानमा फोनिजको तर्फबाट सञ्चार माध्यममार्फत सहयोग तथा पैरवी गर्ने र मिछुर्लुङ सामुदायिक होमस्टे ९घरबास०लाई नमुना होमस्टे बनाउने योजनामा सञ्चार माध्यममार्फत प्रचारप्रसार गरेर आवश्यक सहयोग गर्ने घोषणा गरेको छ ।

मिछुर्लुङ घोषणापत्र तयार गर्नका फोनिजका वरिष्ठ उपाध्यक्ष गर्जुधन राईको संयोजकत्वमा उपाध्यक्षद्वय लक्की चौधरी, देविका घर्ती र प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङ रहेको समिति गठन गरिएको थियो । बैठकले आगामी फागुन ८ गते कास्कीमा फोनिजको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।