६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

खोज पत्रकारिता मञ्चबाट पत्रिका वितरकलाई न्यानो कपडा प्रदान

खोज पत्रकारिता मञ्चबाट पत्रिका वितरकलाई न्यानो कपडा प्रदान
अ+ अ-

भद्रपुर । झापाको भद्रपुर नगरपालिकालाई केन्द्र बनाएर खोज पत्रकारिताको विकासका लागि काम गरिरहेको खोज पत्रकारिता मञ्च चन्द्रगढीले पत्रिका वितरणमा संलग्न वितरकहरूलाई न्यानो कपडा प्रदान गरेको छ ।


आर्थिक अवस्था कमजोर भएर पढाइ खर्च चोहो गर्न बिहान पत्रिका वितरण गरी दिउँसो विद्यालय अध्ययन गर्दै आएका भद्रपुर क्षेत्रका ७ जना किशोरलाई जनही एक थानका दरले जम्पर ज्याकेट प्रदान गरिएको हो ।


सामाजिक उत्तरदायित्व बोध कार्य अन्र्तगत मञ्चले ७ हजार मूल्य बरावरका कपडा हस्तान्तरण गरेको हो । अध्यक्ष ईश्वर अधिकारी, उपाध्यक्ष उत्तम नेपाल, सचिव द्रोण अधिकारी र सदस्य डिल्लीरमण नेपालको आर्थिक सम्योजनमा खरिद गरिएको कपडा हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका ७ नम्बर वडाध्यक्ष विनोदप्रसाद पोखरेल रहेका थिए । कार्यक्रममा वडाध्यक्ष पोखरेलले सञ्चारकर्मीको भूमिका असल समाज निर्माणमा केन्द्रित भए पनि विपन्नता पहिचान र सम्पन्नताका लागि सामाजिक उत्तरदायित्व बोध पनि रहेको धरणा राखेका थिए । उनले समृद्ध समाज निर्माण गर्न पत्रकारिता पहिलो खुड्किलो भएको भन्दै मञ्चको कार्यको प्रशंसाा समेत गरेका थिए ।


पढाइ खर्चका लागि पत्रिका बाँढिरहेका वितरकहरूले पहिलो पटक उपहार स्वरूप न्योनो कपडा पाउँदा हर्सित देखिन्थे । काम गरेको पैसामात्र हात पर्ने गरेकोमा यस पटक जम्पर पाउँदा धेरै खुसी लागेको अदिल मगरको धारणा थियो । यस्तै पंकज यादव भन्छन् अरुले न्यानो कपडा पाएको समचार पत्रिकामा हेर्ने गरेका थियौं तर आज आफैले पाएकोमा रमाइलो लागेको छ ।


यता मञ्चका अध्यक्ष ईश्वर अधिकारी समाजको आँखा खेल्न खोजी पत्रकारिता महत्वपूर्ण भए जस्तै सेवाका भावना विस्तार गर्न सामाजिक उत्तरदायित्व बोध अनिवार्य रहेकोले न्यानो कपडा वितरण गरिएको बताउँछन् । अरुलाई यस्तो गर, उस्तो गर भनेर आदर्श छाट्ने जमाना गएको भन्दै अध्यक्ष अधिकारीले निरन्तर सामाजिक उत्तरदायित्व बोध अभियान सञ्चालन गरिरहेने प्रतिबद्धता व्यक्त गरेका छन् ।