६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

निर्मला पन्तको न्यायका लागि चन्दको सुरक्षा होस- डिला संग्रौला

निर्मला पन्तको न्यायका लागि  चन्दको सुरक्षा होस- डिला संग्रौला
अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेस सांसद डा. डिला संग्रौलाले संघीय संसदमा निर्मला पन्तको न्यायको आन्दोलनरत चन्दको जीउधनको सुरक्षा  र आतंकित बनाउनेलाई कारबाहीको माग गरेकी छन् । आइतबार  प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै  संग्रौलाले निर्मला पन्तको बलात्कारपछि हत्याको सम्बन्धमा दोषी पत्ता लगाउन राज्यलाई दबाव दिने क्रममा चन्दले  बिभिन्न धाक, धम्की डरका घटनाहरु भोग्नु परिरहेको बताइन् ।

२०७५।०९।२९ गते (आज) संघीय संसद प्रतिनिधिसभा बैठकमा मा. डिला संग्रौंलाले बिशेष समयमा राखेको मन्तब्य :

प्रदेश नं ७ कञ्चनपुर जिल्लामा बस्ने विगत २४ बर्षदेखि मानव अधिकारको क्षेत्रमा कार्यरत शारदा चन्दको बारेमा केहि कुरा राख्न चाहान्छु ।निजले निर्मला पन्तको बलात्कारपछि हत्याको सम्बन्धमा दोषी पत्ता लगाउन राज्यलाई दबाव दिने क्रममा बिभिन्न धाक, धम्की डरका घटनाहरु भोग्न ुपरिरहेको छ । यसै सन्दर्भमा २०७५ मंसिर १६ गते मध्यरातमा अज्ञात समूहले उनको घरको गेटमा आएर धम्की दिने र त्रास देखाउने प्रयास गरे । यस्तो क्रियाकलाप पटक–पटक घटिरह्यो ।

यसैगरी २०७५ मंसिर २६ गते उनी आफ्नो अफिस जाँदा बाटोमा मोटामोटा माक्स लगाएका अज्ञात व्यक्तिहरुले उनको मोटरसाईकलको पिछा गरे यो क्रम अहिलेसम्म पनि जारी छ । उनी काठमाडौैं आउँदा पनि अज्ञात समूहले उनको पिछा छोडेको छैनन् । अर्को अनौठो घटना उनले निर्मला पन्तको न्यायको लागि गरेको आन्दोलनको बारेमा आफ्नो मान्छेलाई फोनमा पठाएको म्यासेज एवं उनले फोनबाट कुरा गरेको कल डिटेल समेतलाई काटछाट गरी राससका पत्रकार राजेन्द्र बिष्टले सामाजिक सञ्जालले पोष्ट गरे । अचम्मको कुरा, व्यक्तिको सवांद तथा फोन सम्पर्कको कल डिटेल कसरी प्राप्त भयो ।

जबकी यस्ता सुचनाहरु अनुसन्धानको क्रममा रहेका म्याद थप भई मुद्धा चलाईएका व्यक्तिहरुको अनुसन्धान प्रयोजनका लागि मात्र अदालतको आदेशबाट लिन सकिन्छ । यी सबै यिनले भोगेको दुख, ज्यान मार्ने धम्की, असुरक्षाको बारेमा लिखित र मौखिक रुपमा जिल्ला प्रहरी उपरिक्षक कुवेर कठायत, प्रजिअ, मानवअधिकार आयोग, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र ७ नं प्रदेशको मुख्यमन्त्री कार्यालय समक्ष उनले लिखित निवेदन दिईसकेकी छिन् । तर यस बिषयमा सरकार र सुरक्षा निकाय किन मौन छन् ? के सरकारको सुरक्षा निकायको काम अपराधीलाई पक्रने होईन् ? तर किन व्यक्तिको पछाडी लागेको छ ? राज्य आतंक कहिलेसम्म ? मान्छेले स्वतन्त्र रुपले बाच्न पाउने अधिकार खोई ?


त्यसैले यो सम्मानित सदनमा निर्मला पन्तको न्यायको आन्दोलनरत महिला अधिकारकर्मी शारदा चन्दको जीउधनको सुरक्षा, उनको बाच्न पाउने अधिकारको संरक्षण, उनलाई तर्साएर  घर परिवारलाई आतंकित बनाउने व्यक्ति जो कोहि भएपनि कारबाही गर्न माग गर्दछु ।