• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ ।

स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको थियो । नेपाल टेलिकमपछि शेयर सङ्ख्याका आधारमा सो आयोजनाको शेयर सङ्ख्या ठूलो रहेको छ ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको हाल ९७ प्रतिशत भौतिक निर्माण सकिएको छ । आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने तयारी गरेको छ ।

सेन्ट्रल फाइनान्स र ओम डेभलपमेन्टले लाभांश दिने

सेन्ट्रल फाइनान्सले आफ्ना शेयरधनीलाई सात प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हालको चुक्ता पू्ँजीको सात प्रतिशतले हुने रु पाँच करोड ७६ लाख ३७ हजार ८५० लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको सधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

यसैगरी ओम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव ७० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । आव २०७४/७५ को नाफाबाट उक्त प्रस्ताव गरिएको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभाबाट उक्त प्रस्ताव पारित गरि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

मूल्य समायोजन

त्यस्तै स्टकमा आज कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले आठ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेलगत्तै प्रतिकित्ता रु ९१२ मा मूल्य समायोजन गरिएको हो । सो लघुवित्तको औसत शेयर मूल्य रु ९९४ रहेको छ ।


स्टकले साहारा विकास बैंकको धितोपत्र सूचीकरण फुकुवा गरेको छ । धितोपत्र बजारको मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल निर्णय हुनासाथ उपलब्ध गराउनुपर्ने कानूनी प्रावधानअनुसार सो सङ्गठित संस्थाले कार्य गरेको नदेखिएकाले स्टकले केही दिन पहिले स्पष्टीकरण माग गरेको थियो ।

स्टकले कानूनमा रहेका व्यवस्था तोकिए बमोजिम गर्न र त्यस्ता गल्ती नदोहोर्याउन सचेत गराउँदै धितोपत्र सूचीकरण फुकुवा गरेको स्टकका सूचीकरण शाखाका कायममुकायम सहायक प्रबन्धक सुवोध ढुङ्गेलले जानकारी दिनुभयो ।