१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई नेवि संघको प्रश्न- अब हामी के गरौँ ?



अ+ अ-


काठमाडौं । नेपाल विधार्थी संघको महाधिवेशनका लागि जम्मा दुई दिन बाँकी रहेको थियो । तर समयमा महाधिवेशन हुन नसकेपछि नेपाल विधार्थी संघका लगभग सबैजसो पदाधिकारीले राजिनामा दिएका छन् ।

त्यस लगत्तै आजै उनीहरुले पार्टी सभापति शेरवहादुर देउवालाई भेटेका छन् । देउवा निवास वुढानिलकण्ठ पुगेर आइतवार भेटेका नेवि संघका नेताहरूले पुष २८ गते देखि महाधिवेशन गर्नुपर्ने भएपनि अहिलेसम्म जम्मा १६ जिल्लामा मात्र अधिवेशन भएको भन्दै अब के गर्ने भनेर परामर्श गरेका छन् ।

माघ २ गते त नेवि संघको वर्तमान कार्यसमितिको अन्तिम समय पनि सकिँदैछ । नेविसंघको २ बर्षे कार्यकाल गत भदौमा सकिएपनि अधिवेशनको लागि ५ महिना समय थप भइसक्यो तर अधिवेशन हुन सकेको छैन । यही कारण नेविसंघका नेताहरू कुन्दन काफले सहितको टोलीले सभापति देउवालाइ भेटेको हो ।

सभापति देउवा निवासमा पुगेका उनीहरुको पहिलो प्रश्न थियो, अब हामी के गरौँ ?
ेतर देउवाले पनि आफुले एक्लैले अहिले नै कुनै जवाफ दिन नसक्ने भन्दै यसको लागि नेताहरूसंग परामर्श गर्ने र माघ १० गते बस्ने केन्द्रिय समितिको वैठकमा एउटा निर्णय लिने जानकारी दिए।