२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्रीलाई निलम्बन नगरे लुम्बिनीमा बहिस्कार गर्ने कांग्रेसको चेतावनी



अ+ अ-

बुटवल । सांसदले वाइडबडी खरिद प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई निलम्बन गर्नुपर्ने माग गरेका छन् ।

आइतबार बसेको प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेस सांसद फकरुद्धिन खानले सभामा बोल्दै मन्त्री अधिकारीलाई तत्काल सरकारले निलम्बन गर्नुपर्ने माग राखेका हुन् । मन्त्री अधिकारी लुम्बिनी विकास कोषको पदेन अध्यक्ष समेत भएका र आफू पनि लुम्बिनी क्षेत्रको सांसद भएकाले कोष जस्तो पवित्र संस्थाको अध्यक्ष वाइडबडी विमान खरिदको अनियमिततामा मुछिएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखे ।


अधिकारीले राजीनामा नगरे प्रधानमन्त्रीले हटाउनुपर्ने सांसद खानले बताए । अनियमितताको प्रश्न टुंगो नलागेसम्म निलम्बन र राजीनामा नभए मन्त्री अधिकारीलाई लुम्बिनीका जनताले बहिस्कार गर्ने चेतावनी दिए ।