• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल

शेयर बजार घट्यो



काठमाडौँ । धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ विन्दुले घटेर २४९ दशमलव ४२ विन्दुमा झरेको छ । स्टककाअनुसार आज कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर रु ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये दुई उपसमूहको शेयर वृद्धि भएको छ । यस्तै आठ उपसमूहको शेयर कारोवार भने घटेको छ ।
स्टककाअनुसार उत्पादन शून्य दशमलव ६९ र अन्य दुई दशमलव ८७ विन्दुले बढेका छन् । यस्तै बैंकिङ क्षेत्र छ दशमलव ३२, होटल १२ दशमलव ८७, विकास बैंक चार दशमलव पाँच, जलविद्युत् पाँच दशमलव २५, वित्त शून्य दशमलव ८५, निर्जीवन बीमा ७१ दशमलव २७, लघुवित्त १२ दशमलव सात र जीवन बीमा ११ दशमलव १८ विन्दुले घटेको छन् ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, नागरिक लगानी कोष, सेन्ट्रल फाइनान्स लिमिटेड, श्रीराम सुगर मिल्स लिमिटेड, तिनाउ विकास बैंकका शेयरधनीका कारोबार भने आज बढेको छ ।

यस्तै भार्गभ विकास बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका शेयरधनीको कारोबार आज घटेको छ ।