• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

चार नाल भरुवा बन्दुकका मालिक पक्राउ



गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले चार भरुवा बन्दुक र बिष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसी रहेको प्रहरीले जनाएको छ ।

आइतबार प्रहरीले जिसीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै जिसीको घरबाट एकनाले भरुवा बन्दुक ४ नाल, मेडइन कोलकाता लेखेको एउटा, २६ र २२ ईन्च लामो बन्दुको नाल दुईवटा, छर्रा बनाउन प्रयोग हुने १९ ईन्च लामो रड ६ पिस र ६ देखि ८ ईन्च लम्बाईका रड ६ पिस बरामद भएको प्रहरीले जनाएको छ ।

साथै बारुद आधा किलो, पटका सानोठूलो गरी ५ पाकेट, बन्दुकको केप १, बन्दुको टेगर १, कटिङ्ग पेलेट १, सटगनको खोका १, बरामद गरेको छ ।

जिसीलाई हाल जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।