१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार नाल भरुवा बन्दुकका मालिक पक्राउ



अ+ अ-

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले चार भरुवा बन्दुक र बिष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसी रहेको प्रहरीले जनाएको छ ।

आइतबार प्रहरीले जिसीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै जिसीको घरबाट एकनाले भरुवा बन्दुक ४ नाल, मेडइन कोलकाता लेखेको एउटा, २६ र २२ ईन्च लामो बन्दुको नाल दुईवटा, छर्रा बनाउन प्रयोग हुने १९ ईन्च लामो रड ६ पिस र ६ देखि ८ ईन्च लम्बाईका रड ६ पिस बरामद भएको प्रहरीले जनाएको छ ।

साथै बारुद आधा किलो, पटका सानोठूलो गरी ५ पाकेट, बन्दुकको केप १, बन्दुको टेगर १, कटिङ्ग पेलेट १, सटगनको खोका १, बरामद गरेको छ ।

जिसीलाई हाल जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।