• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार

विमान खरिदमा मेरो संलग्नता छैन, आफ्नो गल्ती ढाकछोप गर्न सरकारले मलाई मुछ्यो- देउवा



धनगढी । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वाइडबडी खरिदमा आफ्नो संलग्नता नरहेको बताएका छन् । उनले वर्तमान सरकार आफ्नो गल्ती ढाकछोप गर्न र आफ्ना मन्त्रीहरुलाई बचाउन आफूलाई देखाएको आरोप लगाए । सरकारले विमान खरिदमा भएको आफ्नो भ्रष्टाचारलाई लुकाउन लागिपरेको र त्यसको दोष आफूमाथि थोपरेको उनको भनाई थियो ।


उनले भने, म प्रधानमन्त्री रहेका बेला १९ वटा मन्त्रालयको जिम्मेवारी रहेको थियो र त्यस्तोमा मलाई विमान खरिदमा गर्ने निर्णय गरेको होइन उनले भने । सभापति देउवाले आफ्नो गल्ती ढाक्न बर्तमान सरकारले आफ्ना विरुद्धमा प्रपन्च गरेको बताए ।


आईतबार नेपाल पत्रकार महासंघ कैलाली शाखाले धनगढी बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले वाइडबडी विमान खरिद प्रक्रियाका सबै महत्वपुर्ण निर्णय तत्कालिन केपी ओली सरकारकै पालामा भएको बताए ।


त्यस पत्रकार सम्मेलनमा देउवाले खल्तीबाट कागज निकालेर बिमान प्रकरणका सम्पूर्ण निर्णय र मिति पनि सुनाएका थिए । देउवाले भने–‘२०७२ साल असोज २१ गते वाइडबडी खरिद गर्ने निर्णय भएको थियो त्यतीवेला प्रधानमन्त्री केपी ओली थिए, त्यस्तै २०७३ बैशाख २ गते केपी ओलीकै पालामा खरिदको वोलपत्र गरिएको थियो ।


त्यसैगरी सभापति देउवाले २०७२ साल असोज ३ गते प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारको संचालक समतिको बैठकले वाइबडी खरिद गर्न सरकार जमानी बस्ने बाहेक अन्य विषयमा कुनै पनि निणर्य नभएको र अहिलेको सरकार भ्रष्टाचारको भुमरीमा फसेकोले आफ्ना गल्ती लुकाउन जनतालाई भ्रममा पारिरहेको बताए ।