२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारले मार्ने योजना बनाएकी साउदी युवतीलाई क्यानाडाको शरण



अ+ अ-

धर्म परिवर्तन गरेर क्रिश्चियन बनेको कारण आफ्नै परिवारले हत्या गर्ने योजना बनाएको थाहा पाएर भागेकी साउदी अरेबियाकी युवतीलाई क्यानडाले शरण दिएको कुराले शनिबारदेखि विश्वका मिडियामा खुबै चर्चा भएको छ ।
साउदी युवती रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोउले बताउनु भएको छ । क्यानडा विश्वभरीको मावनअधिकार र महिला अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री टु«डोले बताउनु भएको छ । रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेश गरेको शरणार्थी आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको क्यानाडाका प्रधानमन्त्री जस्टिनको भनाई छ ।
क्यानडा र साउदी अरेबियाबीचको सम्बन्ध गएको अगस्टमा नाटकीय ढङ्गबाट बिग्रिएको थियो । साउदी जेलमा राखिएका महिला अधिकारवादीहरूलाई रिहा गरिदिन क्यानडाले माग गरेको थियो । तर साउदीले मानेको थिएन । सोही कारण पनि क्यानडाले साउदी महिलालाई शरणार्थीका रुपमा सहजै स्विकार गरेको बताइएको छ ।
आफ्ना परिवारसँग कुवेत भ्रमणमा रहेकी रहाफले अचानक बैंककको उडानबाट भाग्ने निर्णय गरेकी थिइन् । उनको खास उद्देश्य बैंककबाट अस्ट्रेलियाको उडान समात्ने थियो । उनीसँग अस्ट्रेलियाको प्रवेश आज्ञासमेत रहेको थियो । तर पनि थाइल्याण्डबाटै उनी क्यानाडा जाने बताएका थिइन ।