१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारले मार्ने योजना बनाएकी साउदी युवतीलाई क्यानाडाको शरण



अ+ अ-

धर्म परिवर्तन गरेर क्रिश्चियन बनेको कारण आफ्नै परिवारले हत्या गर्ने योजना बनाएको थाहा पाएर भागेकी साउदी अरेबियाकी युवतीलाई क्यानडाले शरण दिएको कुराले शनिबारदेखि विश्वका मिडियामा खुबै चर्चा भएको छ ।
साउदी युवती रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोउले बताउनु भएको छ । क्यानडा विश्वभरीको मावनअधिकार र महिला अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री टु«डोले बताउनु भएको छ । रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेश गरेको शरणार्थी आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको क्यानाडाका प्रधानमन्त्री जस्टिनको भनाई छ ।
क्यानडा र साउदी अरेबियाबीचको सम्बन्ध गएको अगस्टमा नाटकीय ढङ्गबाट बिग्रिएको थियो । साउदी जेलमा राखिएका महिला अधिकारवादीहरूलाई रिहा गरिदिन क्यानडाले माग गरेको थियो । तर साउदीले मानेको थिएन । सोही कारण पनि क्यानडाले साउदी महिलालाई शरणार्थीका रुपमा सहजै स्विकार गरेको बताइएको छ ।
आफ्ना परिवारसँग कुवेत भ्रमणमा रहेकी रहाफले अचानक बैंककको उडानबाट भाग्ने निर्णय गरेकी थिइन् । उनको खास उद्देश्य बैंककबाट अस्ट्रेलियाको उडान समात्ने थियो । उनीसँग अस्ट्रेलियाको प्रवेश आज्ञासमेत रहेको थियो । तर पनि थाइल्याण्डबाटै उनी क्यानाडा जाने बताएका थिइन ।