• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आपतकाल घोषणा तत्काल नगर्ने राष्ट्रपतिको घोषणा



वासिंटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संघीय कार्यालयहरु आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने बताएका छन् ।

बजेट अभावमा धेरैवटा अमेरिकी संघीय कार्यालय बन्द भएको आइतबार २३ दिन पुगिसकेको छ । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न माग गरेको करिब ६ अर्ब अमेरिकी डलर बजेट संसदले पारित नगरे बजेट नै स्वीकृत नगर्ने अडान राख्दै आएका छन् ।

तर, अमेरिकी तल्लो सदनमा बहुमतमा रहेको विपक्षी डेमोक्र्याट पार्टीले पर्खाल निर्माणका लागि राष्ट्रपतिले माग गरेको रकम कुनै पनि हालतमा पारित गर्न नसक्ने बताएका छन् । उनीहरुले पर्खाल निर्माणको कार्य ‘अनुत्पादक र खर्चिलो’ भन्दै मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीबाट अमेरिकाको आन्तरिक सुरक्षामा कुनै खतरा नरहेको दाबी गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले भने मध्य अमेरिकी मुलुकबाट अमेरिका प्रवेश गरेका आप्रवासीका कारण अमेरिकाको आन्तरिक सुरक्षामा ठूलो खतरा रहेको बताएका छन् । उनले मध्य अमेरिकाबाट लागूऔषध भित्रिएको, हत्याहिंसा बढेको, सामाजिक विकृति र विसंगति बढेको आरोप लगाउँदै आएका छन् ।

आपतकालीन स्थिति घोषणा गरी बजेट छुट्याउन किन ढिलाई गरेको भनी फक्स न्यूजले राखेको जिज्ञासामा राष्ट्रपति ट्रम्पले भने, ‘म विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदलाई अझै केही समय दिन चाहन्छु । मेरो विचारमा उनीहरुले अवश्य जिम्मेवारीका साथ निर्णय लिनेछन् ।’

अमेरिकामा संघीय कार्यालयहरु बजेट अभावमा यति लामो अवधिसम्म बन्द भएको यो पहिलो घटना हो । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा सन् १९९५–९६ मा २१ दिनसम्म अमेरिकी संघीय कार्यालयहरु बन्द भएका थिए ।

राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्ताव ठीक रहेको भन्दै शनिबार धेरैपटक ट्वीट गरेका थिए । दक्षिणी सीमामा जारी ठूलो मानवीय सङ्कट अन्त्य गर्न पनि बजेट आवश्यक रहेको उनको भनाइ छ ।

‘डेमोक्र्याट सांसदहरुले यो समस्या १५ मिनेटमा सुल्झाउन सक्छन्,’ उनले एउटा ट्वीटमा भनेका छन् ।

लगत्तै अर्को ट्वीटमा उनले भनेका छन्, ‘डेमोक्र्याट साथीहरुलाई पर्खेर हामी ह्वाइट हाउसमा बसेका छौं । हामी पनि लामो छुट्टीमा जान चाहन्छौं । म पर्खाल सहितको बजेटमा हस्ताक्षर गर्न ह्वाइट हाउसमा प्रतिक्षारत छु ।’

बजेट स्वीकृत नभएको परिणामस्वरुप आठ लाख कर्मचारी तलबविहीन भएका छन् । बजेट अभावमा संघीय जाँच ब्यूरो, एयर ट्राफिक कन्ट्रोलर र संग्रहालयमा कार्यरत कर्मचारीले शुक्रबार तलब पाएनन् ।

ह्वाइट हाउसमा शुक्रबार भएको एक बैठकमा राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘यदि डेमोक्र्याटले बजेट पारित नगर्ने हो भने म राष्ट्रिय आपतकाल घोषणा गर्नेछु । मसँग त्यस्तो घोषणा गर्ने पूर्ण अधिकार छ ।’

ट्रम्पले उक्त कदम आफ्नै लागि घातक हुने थाहा पाएका छन् किनभने त्यस्तो कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्ने निश्चित छ । विपक्षी डेमोक्र्याट पार्टीले राष्ट्रपतिबाट बिना आधार आपतकाल घोषणा गरिए त्यो राष्ट्रपतिबाट संविधान उल्लङ्घनको घटना हुने बताउँदै आएका छन् । (एजेन्सी)