१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सरकारमा : यि हुन् छायाँमन्त्री, यस्तो छ चर्चा



अ+ अ-

काठमाडौं । सरकारको निगरानी गर्न काग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन्। रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदा ६३ मध्ये १० सांसदले नाम टिपाएका छन्।
सांसदलाई नाम टिपाउन कांग्रेसले एक साताको समय दिएको छ भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गर्ने निर्णय गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो।
अलिहेसम्म दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, भीमसेनदास प्रधान, डा डिला स्रंग्रौला, सुजाता परियार, देवप्रसाद तिमल्सेना, तेजुलाल चौधरी, मीनाक्षी झा, जिपछिरिङ लामा र रामबहादुर विष्टले छाया सरकारको मन्त्री बन्न आवेदन दिएका छन्। कांग्रेसले मन्त्रलायगत संयोजक र तीनजनासम्म सदस्य बनाएर छाया सरकार चलाउने तयारी छ।