६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

उद्धार गरिएका दुई बालकलाई परिवारको जिम्मा

उद्धार गरिएका दुई बालकलाई परिवारको जिम्मा
अ+ अ-

कपिलवस्तु । भारतबाट दुई बालकलाई उद्धार गरी शान्ति पुनस्र्थापना गृहले परिवारसँग पुनर्मिलन गराएको छ । भारतको हरिद्वार सुधार गृहबाट उद्धार गरी शान्ति पुनस्र्थापना गृहले नेपालगञ्ज उपमहानगरपालिकाका दुई बालकलाई परिवारलाई बुझाएको हो ।

उद्धार गरिएका बालकहरु नेपालगञ्ज उपमहानगरपालिका २०, मनिकापुरका हुन् । तीन महिनाअघि घरबाट भागेर १४ वर्षे निशान्त गिरी र १५ वर्षे कालु वि.क. भारत पुगेका थिए । भारतको देहरादूनस्थित हेल्पप्रसका अध्यक्ष विशाल थापाको समन्वयमा शान्ति पुनस्र्थापना गृहले नेपाल फर्काउन सफल भएको शान्ति पुनस्र्थापना गृह कृष्णनगरका संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।

नेपाल फर्काइएका बालकहरुलाई वडाध्यक्ष कृष्ण कार्कीको रोहबरमा परिवारको जिम्मा लगाइएको संयोजक भूमिराज भट्टराईले बताउनुभयो। बालकहरु फेला परेको खबर पाए लगत्तै शान्ति पुनस्र्थापना गृह कृष्णनगरका संयोजक भूमिराज भट्टराई तथा पीआरसी केन्द्रिय कार्यालयका सुमन सापकोटा र लेखाअधिकृत दिनेश्वर गौरसहितको टोली भारतको देहरादून पुगेको थियो । देहरादूनस्थित बाल कल्याण गृहको आदेश लिई बालकहरुलाई हरिद्वारस्थित बाल सुधार गृहबाट जिम्मा लिई नेपाल फर्काउन सफल भएको संयोजक भट्टराईले बताउनुभयो । नेपाल समाचारपत्रबाट