६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जम्बो टोली बोकेर प्रधानमन्त्री ओली युरोप जाँदै

जम्बो टोली बोकेर प्रधानमन्त्री ओली युरोप जाँदै
अ+ अ-

काठमाडौँ — प्रधानमन्त्री केपी ओली माघ पहिलो साता स्विट्जरल्यान्ड जाने भएका छन् । उनी वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन माघ ६ मा स्विट्जरल्यान्ड जान लागेका हुन् । फोरमको वार्षिक बैठक जनवरी २२ देखि २५ (माघ ८ देखि माघ ११) सम्म स्विट्जरल्यान्डको डावोसमा हुने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईसहित १९ जना रहनेछन् ।
बैठकमा प्रधानमन्त्री ओलीले ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’ सत्रको छलफलमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले ‘बिओन्ड दी जीडीपी’ सेसनमा समेत सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । बैठकमा विश्वका धेरैजसो मुलुकका राष्ट्रप्रमुख या सरकारप्रमुख सहभागी हुनेछन् ।
स्रोतका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न दातृ मुलुकका सरकार प्रमुखसित या विदेशमन्त्रीसित साइडलाइन भेटवार्ता गर्ने कार्यक्रमसमेत छ । प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डका राष्ट्रपति वेली माउरासित समेत भेटवार्ताको तयारी भइरहेको छ ।
यसैबीच ओली स्विट्जरल्यान्ड भ्रमण सकेर फ्रान्स जाने कार्यक्रमसमेत तय भएको प्रधानमन्त्रीका एक सल्लाहकारले जनाएका छन् । त्यसको पनि तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ । नेपाल र फ्रान्सले यसै वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउँदै छन् ।
फ्रान्सका युरोप मामिला तथा विदेश मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तानको नेपाल भ्रमणका क्रममा गत पुस २५ मा दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने सहमति भएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।