१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजनमा ६५ हजार, २४ हजार बाँकी



अ+ अ-

काठमाडौं । सरकारले थालेको कर्मचारी समायोजन प्रक्रियामा सहभगी हुन देशभरका ६५ हजार ७९ कर्मचारी समायोजन सफ्टवेयरमा सहभागी भएका छन्।
सफ्टवेयरमा सहभागी भएकामध्ये आइतबारसम्म ४३ हजार नौसय ८६ कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन फाराम भरेका छन्। राजधानी दैनिक लेख्छ, हाल रहेका ८९ हजार कर्मचारीमध्ये ६५ हजार ७९ जना कर्मचारी समायोजन सफ्टवेयरमा सहभागी भएका छन् तर २४ हजार कर्मचारी भने हालसम्म समायोजन प्रक्रियामा सहभागी भएका छैनन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समायोजन शाखाका उपसचिव केशरबहादुर पण्डितले कर्मचारी समायोजनमा उत्साहजनक सहभागिता भइरहेको जानकारी दिए। सरकारले गत ११ पुसमा सार्वजनिक सूचना आह्वान गरी कर्मचारीलाई समायोजन भर्नका लागि २१ दिनको म्याद दिएको थियो। यही माघ २ गते म्याद सकिँदैछ।