६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मोस्ट वान्टेड सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिए

मोस्ट वान्टेड सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिए
अ+ अ-

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्।

शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको हो।

‘हामीले तस्करी हुन लागेको सूचना प्राप्त गरेपछि टोली खटाएका थियौँ’, रुपन्देहीका एसपी हृदय थापाले भने, ‘मोटरसाइकल आएका दुई व्यक्तिले एकाएक प्रहरी उपर फायरिङ्ग गरेपछि जवाफी कारबाहीमा साहानी मारिएका हुन्।’

मोटरसाइकलमा सवार रहेका दुई जनामध्ये एक जना फरार भएको उनको भनाइ छ। उनीहरु सवार युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। साथै उनीहरुले प्रयोग गरेको एक थान अटोमेटिक पेस्तोल र चेम्बरमा एक थान तथा म्यागजिनमा रहेको ३ थान गोली बरामद भएको उनले बताए।

मारिएका साहानी विगतमा तत्कालीन नेकपा माओवादीसँग आवद्ध थिए। त्यसपश्चात उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह ९भूमिगत समूह० प्रवेश गरी चन्दा आतंकमा सक्रिय थिए।

राजनितिक दलमा आवद्ध हुनु अघि उनी सीमानाका क्षेत्रको तस्करीमा सक्रिय थिए। कपिलवस्तु जिल्लामा पनि दायर रहेको एक फौजदारी मुद्दामा प्रहरी नियन्त्रणबाट उनी फरार भएर भारत पुगेका थिए। उनलाई नेपाल प्रहरीले वर्षौदेखि मोस्ट वान्टेड सूचीमा राखेर खोजी जारी राखेको थियो।

साहानी उपर कर्तव्य ज्यान, बम विस्फोट, चन्दा–फिरौतीलगायत मुद्दा रहेका छन्। उनले २०७१ साल भदौ २८ गते भैरहवाका आकाश गुरुङ्गलाई अपहरण गरेका थिए। अपहरण गरेर परिवारसगँ एक करोड रुपैयाँ फिरौती मागेपछि परिवारले दिन नसक्ने बताउँदा नवलपरासीको बर्दघाट जंगलमा असोज ११ गते गुरुङको शव फेला परेका थियो।

घटनामा संग्लन रहेका केही अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। समाचार अन्नपूर्ण पोष्टमा छ ।