१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनह्याममाथि म्यान्चेस्टर युनाइटेडको संघर्षपूर्ण जित



अ+ अ-

काठमाडौं । म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले टोटनह्यामलाई उसैको घरेलु मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले निर्णायक गोल गरे । उनकै एक मात्र गोलमा युनाइटेड विजयी भएको हो ।

४४औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा पनि अग्रतालाई कायमै राख्दै जित निकाल्न सफल भयो ।

जितसँगै म्यान्चेस्टर युनाइटेडले २२ खेलबाट ४१ अंक बनाएको छ । युनाइटेड लिगको छैटौ स्थानमा छ । यता टोटनह्याम भने युनाइटेडसँग पराजित मात्रै भएन लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि गुमायो । पराजित टोटनह्यामको २२ खेलबाट ४८ अंक रहेको छ ।
लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ५० अंक रहेको छ । त्यस्तै लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको भने समान खेलबाट ५७ अंक छ ।