२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनह्याममाथि म्यान्चेस्टर युनाइटेडको संघर्षपूर्ण जित



अ+ अ-

काठमाडौं । म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले टोटनह्यामलाई उसैको घरेलु मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले निर्णायक गोल गरे । उनकै एक मात्र गोलमा युनाइटेड विजयी भएको हो ।

४४औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा पनि अग्रतालाई कायमै राख्दै जित निकाल्न सफल भयो ।

जितसँगै म्यान्चेस्टर युनाइटेडले २२ खेलबाट ४१ अंक बनाएको छ । युनाइटेड लिगको छैटौ स्थानमा छ । यता टोटनह्याम भने युनाइटेडसँग पराजित मात्रै भएन लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि गुमायो । पराजित टोटनह्यामको २२ खेलबाट ४८ अंक रहेको छ ।
लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ५० अंक रहेको छ । त्यस्तै लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको भने समान खेलबाट ५७ अंक छ ।