२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रले खुल्ला गरेको जग्गा कित्ताकाट रेणुले किन नमान्ने ?



अ+ अ-

चितवन । केन्द्रले जग्गाको कित्ताकाट खुल्ला गरेपनि चितवनको भरतपुर महानगरपालिकामा कित्ताकाट नहुने भएको छ । जग्गाको कित्ताकाट सम्बन्धमा केन्द्र सरकारले गरेको निर्णय पूर्णरुपमा लागु गर्न नसकिने चितवनको भरतपुर महानगरपालिकाले जनाएको छ ।

सरकार निणर्य गरेपनि जग्गाको वर्गिकरणका आधारमा जग्गाको अंशबण्डा, किनबेच, प्लटिङको मापदण्ड स्थानीय तहले नै बनाउने उल्लेख गरिएको नीति अनुसार भरतपुर महानगरपालिकाले थप गृह कार्य गर्न आवश्यक रहेका कारण तत्काल जग्गा कित्ताकाट प्रकिया अगाडि नबढाईने भएको हो ।

जग्गाको कित्ताकाट निर्णय भएसगैँ भरतपुरमा मनपरी तवरले भू–माफियाहरु सल्बलाउने भएका कारण आफूहरुले स्पष्ट कार्ययोजना बनाएर मात्रै जग्गाको कित्ताकाट लागु गर्ने भरतपुर महानगरकी मेयर रेनु दाहालले जानकारी दिइन् ।

भरतपुरमा मात्र अव्यवस्थित तवरले प्लटिङ भएका कारण झण्डै २० प्रतिशत कृषि योग्य जमिन मासिएको कृषि कार्यालयको तथ्याङ्क छ ।

भरतपुरमा मनपरी तवरले पैसा खुवाएर भ्रष्ट्रचारको आधारमा तिब्र गतिमा जथभावी प्लटिङ हुने भएका कारण यसलाई रोक्न केन्द्र सरकारलेो निणर्य नमान्ने भएको हो ।

साढे एक वर्षअघि भएको जग्गाको कित्ताकाट नेपाल सरकारले पुस २७ गतेबाट तत्काल लागू हुनेगरी खुला गरेको थियो ।

जग्गा खण्डिकरण रोक्ने उद्देश्यले २६ साउन २०७४ कित्ताकाट खारेज सम्बन्धी निर्णय भुमि व्यवस्था मन्त्रालयले हटाएको थियो।